सफल यौन सम्बन्धका लागि उचित खानपान

1717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । यौन कार्य एक शारिरीक संयोग हो । यौन चाहना सामान्य शारिरिक प्रवृति पनि हो । वैवाहिक जिवन सुखी र सफल हुन सहवासले महत्वपुर्ण भुमिका निवाह गर्छ । सहवास वाट आनन्दको अनुभुति प्राप्त मात्र हुदैन शारीरिक सुख साथै स्वास्थमा पनि सकरात्मक परिवर्तन देखा पर्छ । यौन वैवाहिक जीवनको घरातल हो र महत्वपुर्ण क्रियावाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ । स्वस्थ यौन जिवनले वैवाहिक जिवनमा सजिवनको काम गर्छ । नियमित रुपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेट स्थित न्यु इल्यान्ड इन्सटिच्युटका वैज्ञानिकहरुको अध्यानले मुटु रोगबाट बच्न नियमित स्वस्थ यौन सम्बन्ध फाईदाकारी हुने देखाएको छ । मानिसको यौन क्रिायका लागि जसरी शान्त मधुर सँगीत आरामदायक एँव सुविधाजनक विछ्यौना आवश्यक हुन्छ त्यो भन्दा बढी आवश्यक हुन्छ मानिसले खाने सहि खानपान ।

मानिसले यौन क्रिायाबाट भरपुर शुख र आनन्दको अनुभुक्ति प्राप्त गर्नै सहि भोजनको आवश्यकता पर्छ । मानव शरीर जुन अवयव बाट वनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बरावर व्यय हुन्छ र भोजनमा यी पदार्थको कमीले यौनलाई पभावित गर्छ । जसको कारण सेक्स पावरमा कमि आऊछ , मानिसले आफ्नो यौन जिवन सोचे अनुरुपको शुख प्राप्त गर्नै सक्दैनन् भने वैवाहिक यौन जिवन समेत घरापमा पर्दछ । त्यसैले यौन जिवनलाई शुखि राख्न मानिसले खाने भोजन अनेक धातु र खनिज पदार्थहरुको कमि हत्नु पर्नै हुन्छ । त्यसैले यौन सुख बाट वञ्चित नहुन मानिसले खाने भोजनमा यस्तो खानपानको प्रयोग गर्नु पर्नै हुन्छ जसले यौन ऊर्जा बढाउछ र मानिसलाई सहवासबाट भरपुर शुख र आनन्दको अनुभुक्ति प्राप्त हुन्छ । तैलीय खाध सामग्री भन्दा अकुरित अन्न बढी पौष्टिक हुन्छन् । अँकुरित अन्नबाट यौन हर्मौन सहज रुपमा प्रभावित हुन्छन यहाँ सम्म कि सेचुरेटेड खाना खाने दम्पतीले यौन क्रियाको भरपुर आनन्द अनुभव गर्न सक्दैनन् त्यसैले भोजनमा घिऊ रेड मिट सेलफिस लोवस्टर एवँ नरिवलको तेल आदि प्रयोग गर्नु हुदैनन । चिकनको लेग पिस पनि उपयुतm हुदैन भने अन्डाको पहेलो भाग पनि लाभदायक हुदैन । यदि माछा मासु खानु हुन्छ भने त्यसलाई स्टिम गरेर खानुपर्छ । सेचुरेटेड फुडको सेवनले रगत गाढा हुन्छ र रक्तसञ्चारको गति मन्द गराउछ जसबाट डायबिटिज एँव हार्ट अर्टाक जस्ता खतरनाक रोगको खतरा बढ्छ ।

हामीले खाने आहारमा यौन हर्मौनलाईै प्रभाव पार्नै अनेकन तत्वहरु ह्ुन्छ । त्यसैले ती कुरा सेवन गर्नुपर्छ जसले हाम्रो यौन जीवनलाई सुमधुर सुदृढ एँव सुखी बनाउछ । स्वस्थ र सुमधुर सहवासका लागि धेरै भन्दा धेरै फलफुल हरियो सागसब्जी तथा अकुरित अन्न सेवन गर्नु पर्छ । फलफुल सागसब्जी एव हरियो चिजहरुले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्ने पदार्थ हुन्छ । अकुरित अन्नमा भिटामिन ई हुन्छ । अकुरित अन्नमा भएको पोटासियले तनाव हटाउनुका साथै वीय पनि बढाउछ । व्यस्त जीवनशैलीले व्यक्तिको यौनजीवन धेरै हदसम्म प्रभावित भएको देखिन्छ । किनभने व्यस्तताका कारण आजभोलि हरेक ब्यक्तिले आफ्नो खानपानतर्फ पर्याप्त ध्यान पुर्याउन सक्दैनन् । पौष्टीक तत्वको कमिको परिणाम स्वरुप व्यक्तिको सेक्स पावर अर्थात यौन ऊर्जामा कमी आइरहेको छ । यौन ऊर्जाको अवभावका कारण व्यक्तिमा यौन आलस्यता , नैराश्यता र विस्तारै यौन प्रति नकरात्मक विचार देखा पर्छ जसको कारण लामो समय यौन क्रिया गर्नै सक्दैनन फलस्वरुप यौन जिवन अगाडि बढ्न सक्दैनन् ।यौन विशेषज्ञहहरुका अनुशार यौन प्रक्रियालाई कायम राख्ने सवैभन्दा राम्रो उपाय हो अत्पाहार अर्थात मानिसको उमेर अनुशारको खानपान । आफ्नो उमेर अनुशारको खानपान वा पौष्टिक आहार गह्रण गरेमा सेक्स पावर यौन ऊर्जामा पनि वृद्धि हुन्छ फलस्वरुप यौन जिवन सुखी हुन्छ । मानिसको जिवन जति बढ्दै गयो त्यति नै मानिसको सेक्स पावरमा कमि आउछ । जसलाई सन्तुलित राख्न अत्पाहार नै हो । तिस वर्षै काटेका स्त्री पुरुषले सकेसम्म कम नुन सेवन गर्नु पर्छ भने चिल्लो एँव गुलीयो सकेसम्म कम सेवन गर्नु राम्रो हुन्छ । चालिसको उमेर पछि घिऊ तेल तथा उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ ।