बैबाहिक बलात्कारको आरोपमा श्रीमान बिरुद्ध जाहेरी दर्ता

2794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२० बैशाख – आफ्नै श्रीमानले बलत्कार गरेको भन्दै धादिङमा एक महिलाले श्रीमान बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा धादिङमा जाहेरी दर्ता गरेकी छिन ।
धादिङ जिल्लाकी एक २५ वर्षीया महिलाले उनका पति २३ वर्षीय पुरुष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी हन । तीन वर्ष अघिदेखि आफूमाथी पतिले पटक पटक जबरजस्ती यौन सम्पर्क गरेको र पछिल्लो पटक बैशाख १३ गते राती आफूमाथी जबरजस्ती गरेर टोकेर घाउ नै बनाएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।
लगातार जबरजस्ती यौन सम्पर्क गरेर पिडा दिएकोले आफू बस्नै नसक्ने भएको र र श्रीमानको अमानविय र क्रुर व्यवहार नरोकिएकाले आफूले प्रहरीमा जाहेरी दिएको पीडितले बताइन । जाहेरी दर्ता गराइएपछि पीडितको जिल्ला अस्पताल धादिङमा बैशाख १९ गते स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । जाहेरी दर्ता भएकाले अनुसन्धानका लागि आरोपित पुरुषलाई खोजी गरी कानूनी दायरामा रही अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । आरोपितलाई प्रहरीले गिरफ्तार गरि मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ को २१९ को ४ अनुसार बैबाहिक बलात्कार अन्तरगत कारबाही गर्न अनुसन्धानपछि अदालतमा पेश गरिने पनि प्रहरीले जानकारी दिएको छ । श्रीमतीको इच्छा विपरीत श्रीमानले सम्बन्ध राखेमा यो बैबाहिक बलात्कार हो र यसलाई अपराध मानिने छ भनेर सर्वोच्च अदालतले २०५९ साल वैशाखमा परिभाषित गरेको हो। त्यसैगरी २०६३ सालमा लैङ्गिक समानता कायम गर्न तथा लैगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले जर्बजस्ती करणीको महलमा बैबाहिक बलात्कार गर्नेलाई ३ देखि ६ महिना कैद गर्ने ब्यवस्था गरेको थियो।

  • तस्बिर गुगलबाट साभार गरिएको हो ।