दिनेश अधिकारीलाई फसाउन खोजेको भन्दै नेकपा एमाले धादिङको आव्हानमा धादिङ बन्द

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ नेकपा एमाले धादिङले आज धादिङ बन्द  गराएको छ । एमाले धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्ष दिनेश अधिकारीलाई प्रहरीले हतियार सम्वन्धी झुठो मुद्धा लगाएर फसाउन खोजेको भन्दै एमालेको आव्हानमा धादिङ बन्द गराईएको हो । SAM_1078
अधिकारी शनिवार काठमाण्डौमा पक्राउ परेका थिए । केही दिन अघी धादिङबाट  काठमाण्डौ जांदै गर्दा अधिकारीलाई काठमाण्डौको नैकापमा गोली प्रहार गरी घाइते बनाईएकोमा दोषीलाई कारवाही गर्नुको साटो प्रहरीले उल्टै घाइतेलाई पक्रेर दुःख दिएको नेकपा एमालेले जनाएको छ । अधिकारीलाई गोली हानेको आरोपमा धादिङबेसीका राधाकृष्ण भण्डारी काठमाण्डौमा प्रहरी हिरासतमा रहेका छन । राधे समुह र अधिकारीका बिच बढ्दै गएको दुष्मनीका कारण पटक पटक दुई पक्ष बिच हिंसात्मक हमला हुंदै आईरहेको छ । केही वर्ष अघि अधिकारी र भण्डारी दुवै जना नेपाली कांग्रेसका कार्यकर्ता रहेकोमा अधिकारी एमालेमा प्रवेश गरेर धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आईरहेका छन ।
वन्दका कारण सदरमुकाम धादिङबेसीका वजार शिक्षण संस्था,यातायात ठप्प हुन पुगेको छ । यसैगरी राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको ठाउं ठाउंमा वन्दआव्हान कर्ताहरुले अवरोध गर्दै सवारी आवागन ठप्प पारेका छन । अधिकारीलाई रिहा नगरे सम्म वन्द जारी रहने युवा संघ धादिङका अध्यक्ष एवम नेकपा एमाले धादिङका जिल्ला सदस्य अर्जुन गोर्खालीले वताएका छन ।