बर्धनमा आगलागीबाट घर गोठ जल्यो

858 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ बैशाख – धादिङ जिल्लाको उत्तरी भेगमा रहेको गंगाजमुना गाउँपालिका वडा नं ३ बर्धनमा एउटा घर र गोठमा आगलागी भएको छ ।
बर्धनका ५१ बर्षिय गणेश गुरुङको ढुङगा र माटोको गाह्रोमा जस्ताको छानो भएको दुई तल्ला भएको घरमा सोलारको करेन्ट सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सोमबार बिहान लागेको आगलागीबाट घर र धन्सार गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ भने आगलागीबाट घरमा रहेको नगद ४ लाख, करिव ४. ५ तोलाको सुनको गरगहना ंधान, मकै कोदो लगायतको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जानकरी दिएको छ । अन्नपात, लत्ताकपडा, भाँडा कुँडा लगायत अन्य सामान समेत गरि २२ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिउक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।