राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

203 पटक पढिएको

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलवार ०६:१८

सम्पादक: Dhading News

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको प्रशासकीय भवन, फोहरमैला व्यवस्थापन र स्थानीय तहको परिचयसँग जोडिएको गौरवको आयोजनालाई मात्र प्राथमिकता प्राप्त रुपमा सिफारिश गर्नसमेत निर्देशन दिइएको छ ।

यस्तै आयोजना छनोट गर्दा आयोजना कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रतिबद्धता हुनुपर्ने, जग्गाको नक्शाङ्कनसहितको विस्तृत आयोजना प्रतिवेदन तयार भई संलग्न हुनुपर्ने, आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भई आयोजना कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने मापदण्ड छन् ।

प्रशासकिय भवन निर्माणका लागि सरकारले तोकेको केन्द्रभित्र हुनुपर्ने, सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयको सिफारिश र सामुदायिक वनको क्षेत्रभित्र पर्ने अवस्थामा सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको सहमति हुनुपर्ने, प्राथमिकता आयोजनाका रुपमा सिफारिश सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुनुपर्ने मापदण्ड उल्लेख छ । स्थानीय तहबाट आएका आयोजनालाई मापदण्डअनुसार छनोट गरिनेछ राष्ट्रिय समाचार समितिले खबर लेखेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ बैशाख २०७६, मंगलवार ०६:१८ मा प्रकाशित

समाचार

सबै

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत बनेको चौँरीपालन व्यवसायमा युवापुस्ताको आकर्षण घट्दै जान थालेको छ । दुःख गर्न सक्दा राम्रै.....

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम.....

धादिङबेसीमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बैक तथा वित्तिय संस्थाको शाखा स्थापना हुनेक्रम बढ्दै गएको छ ।.....

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषदमा

धादिङ, ३२ साउन। धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्माण हुन लागेको हुवासीन सिमेण्ट उद्योगका लागि.....

हावाले उडाएको पुल मध्य बर्षामा ढलान गरिंदै

धादिङ- निर्माण कार्य शुरु भएको पाँच वर्ष विति सक्दापनि सम्पन्न हुन नसकेको नुवाकोटको केउरिनी बाट धादिङको.....

Categories