भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण लिन थप सुविधा

371 पटक पढिएको

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार ०६:५४

सम्पादक: Dhading News

सरकारले दिएको अनुदानबाट निजी आवास निर्माण गर्न नसकेका भुकम्प पिडितका लागि थप सुविधा ल्याईएको छ । निजी आवास निर्माणका अतिरिक्त व्यवसायिक कर्जा पनि लिन पाउने सुविधा आएपछि भुकम्प पिडितहरुलाई थप राहत हुने भएको छ । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ । त्यस्तै,भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो ।

भूकम्प पीडितले निजी आवास निर्माणकालागि ऋण लिए भए पनिव्यवसायिक कुषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामध्ये एक शीर्षककोकर्जा लिन सक्नेछन् ।

त्यसैगरी, भूकम्पपीडितले कर्जा लिंदा राख्नुपर्ने धितोको बारेमा पनि प्रष्ट पारिएको छ । भूकम्प पीडित निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिई निर्माण गर्ने वा गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिनु पर्नेछ । त्यस्तै, भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२५ बैशाख २०७६, बुधबार ०६:५४ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका शेयर सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका छन् ।  सहकारीका केही शेयर सदस्यहरुले संस्थामा.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

मापदण्ड विपरित चलेका पाँच क्रसर उद्योग बन्द

नुवाकोट- नुवाकोट जिल्लामा  मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु जिल्ला प्रशासन कार्यालयले बन्द.....

Categories