बसबाट खसेर सहचालकको मृत्यु

711 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, साउन १३ / पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पीडा गाविस २ बाङ्गेमा बसबाट खसेर सहचालकको ज्यान गएको छ ।

गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख ६०२६ नम्बरको बसको ढोकाबाट खसेर बसका सहचालक गोर्खा जिल्ला थुमी गाबिसका १९ बर्षका कुमार बिक आईतबार दिउसो १ बजे तिर  ज्यान घटनास्थलमा नै ज्यान  गएको हो ।

बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।