धादिङका शम्भु परियार सहित पाँचजना पक्राउ, १६ लाख भारु बरामद

1027 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ठमेलस्थित होटल ब्लूमूनबाट १६ लाख भारतीय रुपैया सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले होटलमा छापा मार्दा ५ सय र एकहजार दरका १६ लाख भारु बरामद भएको छ । ५ सय र एक हजार दरका भारु भारतमा प्रतिबिन्धत छ ।

प्रहरीले छापा मार्दा धादिङका शम्भु परियार,दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुले के कामकालागि प्रतिबन्धित नोट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धानका लागि  राजश्व अनुसन्धान विभागका पठाएको परिसरका डिएसपी होमिन्द्र बोगटीका अनुसार डिएसपी बोगटीले बताउनु भयो  ।