धादिङ बन्द खुल्यो

450 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, साउन १३ – चरी  भनेर चिनिने दिनेश अधिकारी  प्रहरीले पक्रेको बिरोधमा नेकपा एमालेले गरेको धादिङ बन्द खुलेको छ ।

बिहान ८ बजे देखी बन्द रहेको धादिङ दिउसो १२ बजे पछी खुलेको हो । बन्दका कारण धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र जिल्लाको  पृथ्वी राजमार्ग क्षेत्र ठप्प हुन पुगेको थियो ।

अधिकारी  एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन् । प्रहरीले हतियार संबन्धि झुठो मुद्धा लगाएर फसाउन खोजेको भन्दै एमालेले धादिङ बन्द गराएको थियो । चरी शनिवार काठमाडौमा पक्राउ परेका थिए ।

केही दिन अघी  धादिङबट काठमाडौ जांदै गर्दा अधिकारीलाई नैकापमा  गोली प्रहार गरी घाइते बनाइएकोमा दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै घाइतेलाई पक्रेर दुःख दिएको नेकपा एमालेले आरोप लगाएको छ ।

अधिकारीलाई गोली हानेको आरोपमा धादिङबेसीका राधाकृष्ण भण्डारी काठमाडौमा प्रहरी हिरासतमा रहेका छन् ।

राधे समुह र चरीकाबीच दुश्मनीका कारण पटक हिंसात्मक झडप हुँदै आएको छ । केही वर्षअघि चरी र भण्डारी दुवै जना नेपाली कांग्रेसका कार्यकर्ता रहेकोमा चरी एमालेमा प्रवेश गरेका हुन् ।