मिडिया विधेयकको विरोध गर्दै सडकमा उत्रिए धादिङका पत्रकार

902 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध गर्दै धादिङ लगायत देशभरका पत्रकार तथा सञ्चारकर्मीले विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ लगायत पत्रकारका संघ संगठन तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले शुक्रबार विहान धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको विचवजार चोकमा विरोध प्रदर्शन गरेका हुन । सरकारले ल्याएको विधेयक प्रेस स्वतन्त्रताको खिलाफमा रहेको भन्दै पत्रकारहरुले उक्त विधेयक विरोध जनाउँदै आएका छन् । धादिङ जिल्लाका कृयाशिल पत्रकारहरुले आफ्ना क्यामेरा, ल्यापटप,रेकर्डर लगायत उपकरण सडकमै थन्काउँदै एक घण्टा सम्म सांकेतिक प्रदर्शन गरेका हुन  ।
‘मिडिया काउन्सिल विधेयक खारेज गरिनुपर्ने र प्रेस स्वतन्त्रता कायम गरिनु पर्ने माग पत्रकारहरको छ ।