घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

1131 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको प्रवक्ता गोइतले बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य घटि रहँदा नेपालमा भने मूल्य समायोजनको नाममा बढाइ मात्र रहेको भन्दै निगमको आलोचना हुँदै आएको थियो ।

केही महिना अघि सम्म पनि घाटामा रहेको नियम अहिले भने नाफामा रहेको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको हो ।