बाघको छाला सहित गल्छीबाट ३ जना मानिस पक्राउ

2447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी- धादिङको गल्छीबाट बाघको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ गल्छी बजारमा रहेको हाम्रो होटलबाट प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो‚ प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयक्त टोलीले शुक्रवार एक थान बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेकाहरुमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३१ को सुमन दर्जी, बर्ष ४५ को विष्णु बहादुर सुनार र वर्ष ४१ को कुमार खड्का रहेका छन् । पक्राउ गरिएका व्यक्तिलाई डिभिजन बन कार्यालय धादिङले अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।