वडाभित्र मासु खान प्रतिवन्ध, खाए ५० हजार जरिवाना

575 पटक पढिएको

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार ०७:३०

सम्पादक: Dhading News

गोरखा, ५ जेठ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्नेछ ।

‘अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

उनका अनुसार जरिवाना बापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिने छ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपंक्षी किनबेच हुँदै–हुँदैन । छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’

चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।

पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनु परेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए । ती गाउँमा एकाध इसाई बाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ । आयोजनाले सात वटै वडामा चोरी सिकारी निरुत्साहित गर्ने कार्यक्रम गर्दै आएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अहिंसा अभियानलाई राष्ट्रियस्तरमै प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ जेष्ठ २०७६, आईतवार ०७:३० मा प्रकाशित

समाचार

सबै

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्। आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

Categories