अब मोटरसाइकलको पछाडि बस्नेलाई अनिवार्य हेल्मेट

1748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । दुई पाँग्रे सवारी साधनमा बढ्दै गएको दुर्घटना पछिको मृत्युदरलाई कमि गर्न अब मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम आउने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनु भएको हो ।

दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले जानकारी दिए । एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही मनिामै यसले पूर्णता पाउने बताउनुभयो । उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको पनि पन्तले जानकारी दिनुभयो ।

  • सांकेतिक तस्बिर गुगलबाट लिईएको हो ।