पुलवाट त्रिशूली नदीमा खसेर बेपत्ता

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङको वेनिघाट स्थित त्रिशूली नदीमा निर्माणाधिन अवस्थामा रहेको पक्किपुलवाट खसेर एक जना निर्माण मजदुर त्रिशूली नदीमा बेपत्ता भएका छन ।
पृथ्वीराजमार्गको बेनिघाट वाट गोरखा जिल्लाको आरुघाट हुंदै सदरमुकाम जोड्ने वेनिघाट आरुघाट सडक अन्र्तगत बेनिघाट स्थित त्रिशूली नदीमा पक्की पुल निर्माण कार्य हुंदै आईरहेको छ । पुल निर्माणका क्रममा मजदुरी गर्दै आईरहेका २३ बर्षिय भारतीय नागरीक कलादिन अन्सारी आईतवार सांझ ५ वजे तिर पुल वाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको वेनिघाट प्रहरी चौकीले जनाएको छ । नदीमा पानीको वहाव निकै भएका कारण तत्काल उद्धार हुन नसक्दा अन्सारी नदीमा हराउन पुगेका हुन ।