धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

8155 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल भएको छ । भिडियो हेर्दा उदेक लाग्दो कुरा त के छ भने ति कैदीलाई होटलको कोठामा मस्ती गर्न दिंदै प्रहरीहरु भने कोठा बाहिर बसेर मदिरा पिउँदै उनलाई पहरा दिइरहेका छन् । सार्वजनिक भएको भिडियोमा सादा पोसाकका व्यक्तिहरु प्रहरी रक्सी खाँदै गरेको देख्न सकिन्छ , बिश्वस्त श्रोतहरुका अनुसार ति व्यक्ति कारगार सुरक्षामा खटिएका नेपाल प्रहरीहरु हुन । जेल जिवन विताईरहेका कैदीलाई होटलको कोठामा केटी संग मस्ती गर्न लगाई उनिहरु बाहिर बसेर पहरा दिइरहेको देखिन्छ । सादा पोशाकका ति प्रहरीहरु बसेको टेबलमा रक्सि भरिएको गिलास छ ।

जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा मस्ती गरिरहेको भिडियो सहितको समाचार एपिवान टेलिभिजनले सार्वजनिक गरेको हो । सादा पोसाकका प्रहरीले ति कैदीलाई होटलको कोठामा एक महिलासंग मस्ती गर्न दिएर आफुहरु बाहिर रक्सी आएर रमाइरहेका छन । कोठामा बाहिरबाट ताल्चा लगाई कैदीलाइ होटलमा पुर्याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सहनाइकेहरू बाहिर बसी रक्सी खाँदै पहरा दिइरहेका भिडियोमा देख्न सकिन्छ ।

जवरजस्ती करणीको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइकेमध्ये एक हुन् । कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा उनलाई बाहिर निकालिएको भन्दै भिडियो सार्वजनिक भएपछि विरोध भएको छ । कारागारको सुरक्षामा प्रश्न उठाउँदै विरोध भएको हो ।

ठूलै रकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको तथ्य यसले उजागर गरेको छ । धादिङ कारागारमा लिमो समयदेखि टोक बहादुर तामाङ चौकीदार थिए । अहिले रुपेश चापागाँई चौकीदार छन् ।

हेर्नुहोस भिडियो