हतियार ओसार्ने निजी कार प्रहरी नियन्त्रणमा

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ नेकपा एमाले धादिङले आईतवार आव्हान गरेको वन्द विथोल्न निजी सवारी साधनमा धारीलो हतियार ओसार पसार गरेको आरोपमा धादिङ प्रहरीले पृथ्वीराजमार्गको बैरेनीवाट एउटा निजी कार नियन्त्रणमा लिएको छ ।IMG_9743
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष दिनेश अधिकारीलाई शनिवार काठमाण्डौवाट पक्राउ गरी झुठा मुद्धा लगाउन खोजिएको भन्दै एमालेले आईतवार विहान धादिङ वन्दको आव्हान गरेको थियो ।
एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ता पृथ्वीराजमार्गको गल्छिमा जम्माभएर विहान ८ वजेवाट वन्द आव्हान गरी १२ वजे वन्द सकिएको घोषणा गर्न लाग्दा वा ३ च ८०७ नम्बरको निजी कारमा धारीलो हतियार ( तरवार,खुंडा) भेटिएपछि वन्दकर्ताले उक्त कार प्रहरीको जिम्मा लगाएका थिए । कार मालिक बैरेनीका दीपक कार्कीले आफुमाथि लागेको आरोप झुठो भएको दावी गर्दै  आंफुलाई फसाउन खोजिएको वताएका छन । बैरेनी वन्द निषेधित क्षेत्र घोषण गरिएकाले यस क्षेत्रमा वन्द नगर्न आंफुले वन्द आव्हानकर्तालाई अनुरोध गरेको उनले वताए । कार्की नेपाल बिद्यार्थी संघका पुर्व जिल्ला अध्यक्ष हुन ।
सार्वजनिक स्थलमा दलले आव्हान गरेको कार्यक्रम विथोल्ने नियतले धारीलो हतियार वोकेर गएको उक्त मोटर प्रहरीले नियन्त्रणमा लिई छनविन शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यता नेकपा एमाले धादिङले आईतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै आईतवार आव्हान गरिएको वन्द कार्यक्रममा आफ्ना नेता कार्यकर्तालाई आक्रमण गर्ने प्रयास भएको आरोप लगाएको छ । यसैगरी वन्द सफल पार्न काठमाण्डौ र धादिङको विभिन्न स्थानवाट धादिङको गल्छी तर्फ मोटरसाइकलमा आउंदै गरेका युवाहरुलाई प्रहरीले वाटो छेकेर अन्धाधुन्ध आक्रमण गरेको एमाले धादिङका अध्यक्ष खेम लोहनीले वताएका छन ।
मोटरसाईकलमा आएका व्यक्तिलाई पृथ्वीराजमार्गको गल्छि नजिकैको सांघुरो सडकमा प्रहरीले मोटर तेस्र्याएर अवरोध पु¥याई लाठी प्रहार गर्दा एमालेका जिल्ला सदस्य उमेश थापा सहित ५० जना भन्दा बढी नेता कार्यकर्ता घाइते भएको र १० वटा मोटरसाइकलमा क्षती पुगेको एमाले जिल्ला अध्यक्ष लोहनीले पत्रकारहरुलाई वताएका छन ।