प्रदेश ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

220 पटक पढिएको

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार २२:०२

सम्पादक: Dhading News

काठमाडौ । प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।

प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशङ्कर हुने सुझाव दिए ।

सो नामकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेशसभामा प्रस्ताव दर्ता गराइसकेका छन् ।

त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जानकारी कार्यक्रममा दिइयो ।

“पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारणसमेत गौरीशङ्कर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौँ”, कार्यक्रममा वरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले भने ।

नेता चौलागाईंले नाम र राजधानीको विषयमा प्रदेशसभाको यही अधिवेशनमा मतदान हुने औँल्याउँदै गौरीशङ्कर हुनसक्ने सम्भावना रहेको बताए । काठमाडौँका प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले हिमालैहिमाल भएको प्रदेशमा हिमालबाटै नामकरण हुनु उपयुक्त हुने सुझाव दिए । प्रस्तावक सांसद खड्काले गौरीशङ्कर नामकरण गर्नुपर्ने आधार र कारणहरु राखेका थिए ।

डा मैनालीले गौरीशङ्करको महीमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत शृङ्खलाबाटै नामकरण गर्दा उचित हुने भएको धारणा राखे । कार्यक्रममा शोभित उप्रेती, प्रवीण प्रधान, बालकृष्ण बस्नेत, दिलीप थापामगर, सन्तोष खड्का, टेकराज थामीसहितले यो प्रदेशको नामकरण हिमालबाटै गर्दा सर्वस्वीकार्य हुने भएकाले गौरीशङ्कर राख्न सुझाव दिएका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ जेष्ठ २०७६, शनिबार २२:०२ मा प्रकाशित

समाचार

सबै

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

Categories