डिप बोरिङ मार्फत् मुलाबारीको घरघरमै खानेपानी सुविधा

309 पटक पढिएको

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार १२:३०

सम्पादक: Dhading News

धादिङ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका सिद्धलेक गाउँपालिका–३ का स्थानीयले डिप बोरिङ मार्फत् घरघरमै खानेपानी सुविधा पाउने भएका छन् ।

डीएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन तथा फोकस नेपाल, अक्सफामको सहयोग र सिद्धलेक गाउँपालिकाको सहकार्यमा मुलाबारी डिप बोरिङ मार्फत् घरघरमै खानेपानी आयोजना निर्माण सम्पन्न गरी घरघरमा खानेपानी पु¥याए स्थानीय खुसी भएका छन् ।

डिप बोरिङ निर्माण कार्यका लागि सिद्धलेक गाउँपालिकाको ५८ लाख ७३ हजार ८ सय ७, स्थानीय बासीको श्रमदानबाट १५ लाख, ४२ हजार ९५ र अक्सफाम÷फोकस नेपालको ३५ लाख ५६ हजार ८ सय १ रुपैयाँ गरी कुल १ करोड, ९ लाख, ७२ हजार, ७ सय ३ रुपैयाँको लागतमा उक्त मुलाबारी डिप बोरिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरिएको हो ।

खानेपानी आयोजना निर्माणपछि २ सय ३४ घरधुरीका १ हजार २ सय ४ जना लाभान्वित भएका छन् भने तीन वटा विद्यालयलाई समेत खानेपानी सहज भएको छ । निर्माण सम्पन्न गरिएको मुलाबारी डिप बोरिङ खानेपानी आयोजनाको एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण समेत गरिएको छ ।

मुलाबारी डिप बोरिङ खानेपानी आयोजनाका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा संघीय सांसद भूमिप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद त्रिपाठीले खानेपानी दैनिक जीवनको महत्वपूर्ण विषय भएकाले यसको विकल्प केही नभएको बताएका थिए ।

कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाको सबै क्षेत्रमा खानेपानीको सुविधा दिने बताए । एक घर एक धाराका रूपमा डिप बोरिङ मार्फत् प्रत्येक जनताका घरघरमा धारा पु¥याई खानेपानीको सहज उपलब्धता दिलाउने बताए । गाउँपालिकाभरि अहिलेसम्म ७ वटा डिप बोरिङ खनेर खानेपानीको सुविधा दिलाएको समेत अध्यक्ष सिलवालले बताए ।

कार्यक्रममा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जिल्लाका विभिन्न ठाउँहरूमा खानेपानीको संकटलाई टार्न घरघरमा धारा जडान गरी खानेपानी सुविधा उपलब्ध गराइरहेको बताए । छत्कुलीले जिल्लामा खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न संस्थाले योजना बनाएको समेत बताए । – सौर्य दैनिकबाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१२ जेष्ठ २०७६, आईतवार १२:३० मा प्रकाशित

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories