चितुवाको छाला बेच्न हिंडेका धादिङका उदय मगर सहित दुई जना पक्राउ

1278 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । काठमाडौँको कल‌ंकी मकालु पेट्रोलपम्पबाट चितुवाको छाला र हड्डिसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ परेकाहरुमा धादिङ सल्यानकोट– ९ घर भई काठमाडौँ बालाजु बस्ने पल बहादुर मगरको छोरा ३५ वर्षीय उदय मगर र बर्दिया राजापुर न ‍पा ९ घर हुने गजु थारूका छोरा ३० वर्षीय कृष्ण चौधरी रहेका छन ।

प्रहरी बृत्त सोह्रखुट्टेका ईन्सपेक्टर सुदर्शन देव जोशिको कमण्डमा खटिएको टोलिले खैरो झोला भित्र चितुवाको छाला र हड्डि लुकाई छिपाई बोकेर हिडीरहेका दुई जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

जेठ १२ गते आइतबार चितुवाको छाला बेचबिखन हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा खोजीमा निस्किएको प्रहरी टोलीले उदय मगर र कृष्ण चौधरीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय काठमाण्डौंमा पठाइएको बताइएको छ