आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे आउने

1644 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको  बजेट लागि बुधबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे संसद्मा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराएका हुन् । संविधान कार्यान्वयन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण लगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस हुने विश्वास गरिएको छ ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत सभामुख महराले आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ ।नेपाल संविधानले तीन तहको सरकारको व्यवस्था गरेकोले एक तहको सरकारले अर्को तहको सरकारको लागि आवश्यक पर्ने बजेट वित्तीय हस्तान्तरणको माध्यमबाट प्रवाह गर्ने संवैधानिक व्यवस्था छ ।