खानेपानी प्रणाली निर्माण पश्चातको दिगो व्यवस्थापन तालिम

1057 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी – खानेपानी आयोजना निर्माण पश्चात दिगो व्यवस्थापन तालिम गजुरी गाउँपालिमामा सुरु भएको छ ।अक्सफाम प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजिकरणमा निर्माण भएका आँपटार स्याखुटार,चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोली तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको छ । दिगो खानेपानी प्रणालीका सुचक तथा पुर्ण सरसफाईका सुचक पुरा गर्ने उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिम संञ्चालन गरिएको पुर्णिमा परियोजनाका कार्यक्रम संयोजक भरत अधिकारीले जानकारी दिनुभएको छ ।
तालिममा प्रयास नेपालका सब ईन्जीनियर धिरज भण्डारी तथा जनस्वास्थ सहजकर्ता गोबिन्द बिडारी र हेमराज महराले सहजीकरण गर्नुहुनेछ साथै छैटौँ महिनावारी स्वच्छता दिबसको अबसरमा गजुरी गाउँपालिका वडानं ६, राम्चेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आमा समुह तथा खानेपानी उपभोक्ता समितिका महिला हरु संग महिनावारी व्यवस्थापन तथा घरेलु स्तरमा स्यानेटरी प्याड बनाउन सिकाएको छ ।