नागढुंगा सुरुङमार्गका लागि ६ अर्ब २७ करोड वजेट विनियोजन

1381 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-राजधानी काठमाण्डौ प्रवेश गर्ने नौविसे कलंकी सडक खण्डमा बर्षौदेखि बढ्दै गएको सवारीचापलाई कम गर्न बिकल्पको रुपमा चर्चामा ल्याईएको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि सरकारले ६ अर्ब २७ करोड वजेट विनियोजन गरेको छ । यो वजेट सँगै सुरुङ मार्गको निर्माण कार्य अघि बढ्ने विश्वास गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६ /७७ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।धादिङको नौविसे देखि थानकोटसम्मको सडक खण्ड निकै घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जामको समस्या हरेक दिन जस्तो हुने गरेको छ । कहिले काँही एउटा मोटर विग्रंदा दिनभ्र यातायात वन्द हुने अवस्था समेत रहेको छ ।

प्रस्तावित सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा आवतजावत गर्न सकिने वताईएको छ ।