धादिङका स्थानीय तहले कति पाए अनुदान ?

1909 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाले ५३ करोड ८८ लाख र सबैभन्दा थोरै रुवीभ्याली गाउँपालिकाले १३ करोड ३८ लाख अनुदान पाएका छन् ।  नीलकण्ठ नगरपालिकाले ५३ करोड ८८ लाख धुनिवेसी नगरपालिकामा २९ करोड ५७ लाख विनियोजन भएको छ । गाउँपालिका तर्फ सबैभन्दा धेरै वेनिघाट रोराङ गाउँपालिकाले ३३ करोड ९६ लाख अनुदान पाएको छ । वेनिघाट रोराङ पछि थांक्रेले ३१ करोड २५ लाख, त्रिपुरासुन्दरीले २९ करोड ७८ लाख, सिद्धलेकले २८ करोड ३२ लाख, ज्वालामुखीले २७ करोड ५८ लाख र गजुरीले २७ करोड ५१ लाख पाएका छन ।

त्यसैगरी गंगाजमुनाले २६ करोड ९५ लाख, गल्छीले २६ करोड २६ लाख, नेत्रावतीले १७ करोड ७१ लाख, खनियाबासले १६ करोड ८८ लाख र रुवीभ्यालीले १३ करोड ३८ लाख अनुदान पाएका छन ।  गाउँपालिका तर्फ रुवीभ्यालीलाई समानिकरण अनुदान रु ७ करोड ९ लाख, सशर्त अनुदान रु ६ करोड २९ लाख,खनियाबास गाउँपालिकामा समानिकरण अनुदान ८ करोड ९८ लाख , सशर्त अनुदान ७ करोड ९० लाख विनियोजन गरिएको छ ।

नेत्रावती गाउँपालिकामा समानिकरण अनुदान ९ करोड २७ लाख, सशर्त अनुदान रु ८ करोड ४४ लाख र गंगाजमुना गाउँपालिकामा समानिकरण अनुदान १२ करोड ४३ लाख , सशर्त अनुदान १४ करोड ५२ लाख विनियोजन भएको छ ।  त्रिपुरासुन्दरी गाउँपालिकामा समानिकरण अनुदान १३ करोड १६ लाख र सशर्त अनुदानमा १६करोड ६२ लाख ज्वालामुखी गाउँपालिकामा समानिकरण अनुदान १३ करोड ४४ लाख, सशर्त अनुदान तर्फ १४ करोड १४ लाख विनियोजन भएको अर्थमन्त्रालयले जनाएको छ ।

जिल्लाको थाक्रे गाउँपालिका समानिकरण अनुदान १६ करोड ३४ लाख ,सशर्त अनुदान १४ करोड ९१ लाख,गल्छी गाउँपालिकामा समानिकरण अनुदान तर्फ १४ करोड २० लाख, सशर्त अनुदान तर्फ १२ करोड ६ लाख वजेट विनियोजन भएको छ । त्यसै गरी गजुरी गाउपालिकामा समानिकरण अनुदान तर्फ १४ करोड ७७ लाख र सशर्त अनुदान तर्फ १२ करोड ७४ लाख ,सिद्धलेक गाउँपालिकामा समानिकरण अनुदान १३ करोड ३२ लाख र सशर्त अनुदान १५ करोड विनियोजन भएको छ भने बेनिघाट रोराङ गाउँपालिकामा समानिकरण अनुदान तर्फ १५ करोड ८५ लाख र सशर्त अनुदान तर्फ १८ करोड ११ लाख विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

धादिङ आसपासका जिल्ला नुवाकोटमा २ अर्ब ८२ करोड ९६ लाख, रसुवामा ८२ करोड ३७ लाख, मकवानपुरमा ३ अर्ब १० लाख, काठमाण्डौंमा ५ अर्ब ६० करोड ५० लाख, गोरखामा ३ अर्ब ३४ करोड ७० लाख रुपैयाँ संघीय सरकारले अनुदान उपलव्ध गराएको छ । यस वाहेक हरेक स्थानीय तहले राजस्व बाँडफाँड, बिशेष अनुदान र समपुरक अनुदानवापत छुट्टै श्रोेत पनि पाउनेछन ।