स्वास्थ्यलाई हानी पु¥याउने बिषादी मिसिएको आँप वजारमा

1751 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –  नेपाली वजारमा अहिले भारतीय वजारबाट ल्याईएको बिषादी मिसाईएको  आँप  बिक्री बितरण बढ्दै गएको छ । जेठ दोस्रो साता देखि तराईका जिल्लामा  आँप  पाक्न सुरु गरेको छ ।  तर ति आँप बजारमा नपुग्दै बैसाख मध्य देखिनै धादिङ सहित नेपाली बजारमा आँप धमाधाम बिक्री भइरहेका छन् । हाल बजारमा पाइने आँप भारतीय बजारबाट भित्र्याइएका हुन् ।धादिङको सदरमुकाम धादिङबेसीका साथै जिल्लाको मुख्य वजार क्षेत्रमा अहिले भारतीय आँप छ्यापछयाप्ति पाईन थालेका छन् ।अमृतजन्य मानिने फलको राजा आँपजस्ता फलफूलहरु हानिकारक रसायनको प्रयोगले दिनदिनै विष बन्दैछन् । प्राकृतिक तवरले पकाउँदा अमृतजस्तो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य बस्तुमा पकाएर बिष बनाइन्छ ।

अहिले वजारमा बिक्री वितरण भइरहेको आँपमा स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइने गरेको पाईएको छ । आँप पाक्ने समय अगाबै ती आँपलाई ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरेर पकाइएको हुने र त्यसको मात्रा बढि भएमा मानव स्वास्थ्यमा गम्भिर असर पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्थानीय आँप असारको दोस्रो सातापछि मात्र पाक्ने गरेको भएपनि व्यापारीले भारतबाट ल्याईएको कार्बाइड प्रयोग गरेर पकाइएको आँपको खुलेआम बिक्री वितरण गरिरहेका छन् । यस्तो आंप खानु स्वास्थ्यका लागि निकै हानिकारक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरुको सुझाव छ । विषादी हालेर पकाइको आँपका कारण हरेक बर्ष जनस्वास्थ्यमा जोखिम बढेको विभिन्न अध्ययनहरुले देखाएको छ । नेपाली सिजन भन्दा पहिलेनै बिक्री बितरणका लागि ल्याईएका आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप खान नहुने बिज्ञहरुको सुझाव छ ।धादिङमा मात्र नभई नेपाल भरिनै बिषदी मिसिएको आँपले बजार ओगटि रहँदा नियन्त्रणका लागि कतै बाट केहि पहल भएको छैन । नेपालमा उत्पादन भएका फलफूल, तरकारी, सुन्तला भारतीय बजारमा निर्यात गर्नुपरे क्वारेन्टाइन चेकजाँच भनेर गुणस्तरीय नभएको भन्दै रोक लगाउने गरेको छ । तर अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाएको आँपका लागि नेपालले क्वारेन्टाइन चेक जाँच गर्ने हिम्मत जुटाउन नसक्दा नेपाली उपभोक्ताले कृत्रिम तरिकाबाट पाकेको आँप खान बाध्य भएको नेपाली उपभोक्ता गुनासो गर्छन ।

जानकारहरूका अनुसार आँप र केरा पकाउन प्रयोग गरिने क्याल्सियम कार्बाइडमा धातुजन्य आसेनिक, फस्फोरसको मात्र अत्यधिक हुने र त्यसले पानीसंँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउँछ । त्यसका नकारात्मक असरहरूमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्कको सेरेवलमा घात, आँखा, मृगौलालगायतमा असर पार्ने अनुसन्धानहरूले देखाएको छ ।स्वास्थ्यलाई हानी पु¥याउने बिषादी मिसिएको आँप वजारमा पाईएपनि जनस्वास्थ्यमा असर पार्ने अखाद्य सामाग्रीको खुलेआम बिक्री बितरण हुंदा कुनै पनि निकायले वजार अनुगमन तथा परिक्षण भने गर्ने गरेका छैनन ।नेपालको खाद्य ऐन २०२३, नियमावली २०२७ ले क्याल्सियम कार्बाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ ।