सिद्धलेकका महिला समूहमा शशक्तिकरण तालिम

1498 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कुम्पुर–सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटार र वडा नं ६ को खरमटारमा आधारशीला तालिम सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिमका सहभागीहरुले आँफुले सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुन्नेश्वरी स्बबलम्बी महिला समुह पिपलटार र जनचेतना स्वाबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत समूहका महिला सदस्यहरुको तालिम संचालन गरेको हो ।
तालिममा स्वनेत्तृत्व,सकारात्मक सोचका पाईलाहरु,हाम्रो मुल्य मान्यताहरु, १२ वटा आधारशीलाहरु उपहार प्रदान,उत्तरदायित्व,बाँडिचुँडी उपभोग र स्याहार,दिगोपना र आत्मनिर्भरता,पशु तथा स्रोतको उचित व्यवस्थापनका बिषयमा जानकारी गराईएको थियो । यसैगरी पोषण स्वाथ्स्य र आयआर्जन,लैङ्गिक र परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र न्याय, वातावरण सुधार,पूर्ण सहभागीता,तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका बिषयमा पनि प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, कार्यक्रम संयोजक ईश्वरी कोईराला,सामुदायिक सहजकर्ता एकराज पण्डित,अनिशा कट्टेल,दिनेश परियारले सहजिकरण गर्नु भएको थियो । सहभागीतात्मक स्वःसमिक्षा गरी हासिल भएको सिकाई कार्यान्वयन तथा ज्ञान सीप बिस्तार र अनुगमन कार्य योजना निर्माण गरेका सामुदायिक सहजकर्ता अनिशा कट्टेलले जानकारी दिनु भयो ।
प्रयास नेपालले सिद्धलेक गाउँपालिकाको वडा नं १ देखि ७ सम्म सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन गरिरहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।
समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको कुन्नेश्वरी स्बबलम्बी महिला समूहका संगिता उपरकोटीले बताउनु भयो । तालिम पछि समुहले सदस्यहरुको सामाजिक तथा आर्थिक सबलिकरण हुने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जनचेतना स्बबलम्बी महिला समूहकी अम्बिका नेपालले जानकारी दिनु भयो ।