बुढाथुम स्वास्थ्यचौकीमा सामाजिक परिक्षण

1767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,२५ जेठ – धादिङको गंगाजमुना गाउँपालिका ७ बुढाथुममा गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु निरन्तर संचालन गरिने बताउनुभयो ।  गंगाजमुना गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यचौकीमा औषधी अभाव हुन नदिने, ल्याबसेवाका लागि पहल गरि गुणस्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका क्षेत्रका सबै स्वास्थ्य चौकीमा प्योगशाला स्थापना गर्ने, पालिका स्तरमा भ्याक्सिन स्टोर गर्ने सब सेन्टर स्थापना गर्ने, गाउँपालिकामा एम्बुलेन्स सेवा संचालन गर्ने गंगाजमुना गाउँपालिका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो ।
प्रसुति कुरुवा घर बनाई घरमा हुने सुत्केरी सुन्य बनाउन योजना बनाईने उहाको योजना थियो ।  नियमित स्वास्थ्य सेवा, विरामी जाच सहित २४ घण्टे प्रसुति सेवा दिदै आएकोले निरन्तर सेवामा लागिरहने बताउदै स्वास्थ्यचौकी प्रमुख केशरबहादुर भण्डारीले गुणस्तरीय सेवामा ध्यान दिने बताउनुभयो ।

सहजकर्ता सीताराम अधिकारीले समुदाय स्तरमा गरिएको छलफलमा आएका समस्याहरु प्रस्तुत गर्नुभएको थियो ।