सुरेनले ल्याए ‘पिरती लरी लै’

299 पटक पढिएको

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आईतवार २२:२२

सम्पादक: Dhading News

 

काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् ।गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् ।
टेकेन्द्र शाहले सम्पादन गरेका म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ । गायक गौतमले यसअघि प्रनभ नामक सांगीतिक एल्बम बजारमा ल्याएका थिए ।हाल सार्वजनिक गरिएको गीत उनको दोश्रो एल्बम ‘शुभ जीवन’मा समावेश छ । ‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोता हरुको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भने । नयाँ भएपनि निर्देशक संजय गौतमले यस भिडियोमा मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरेका छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ जेष्ठ २०७६, आईतवार २२:२२ मा प्रकाशित

समाचार

सबै

वैदेशिक रोजगारीमा जानेलाई दिइने अभिमुखीकरण तालिम रकम असुल्ने माध्यम

काठमाडौं-  वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम नपढाइकन रकम असुल्ने माध्यम बनेको छ । ईजाजत प्राप्त संस्थाले फिङ्गर हाजिर गराएर रकम असुल्ने गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने.....

गंगाजमुनामा सुत्केरीका लागि कुरुवा घर र ल्याब सेवा शुरु गरिंदै

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले पालिकाभित्रका सबै स्वास्थ्यचौकीमा सुत्केरीका लागि कुरुवा घर र ल्याब.....

नेत्रावती डवजोङको कटुन्जेमा नमूना घर हस्तान्तरण कार्यक्रम

नेत्रावती -धादिङको नेत्रावती डवजोङ गाउपालिका ५ कटुन्जेमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मर्मत.....

स्वाबलम्बी महिला समूहका ३३ जना सदस्यलाई बाख्रा उपहार

सिद्धलेक- धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का किसानहरुलाई व्यवसायिक बाख्रापालनबाट आयआर्जनमा सघाउ.....

Commercial grape farming starts in Dhading

- KESHAV ADHIKARI DHADING: Kumar Karki of Thankot who initiated commercial grape farming in Thakre Rural Municipality-10 in Dhading district has inspired many locals. A view of Karki’s grape farm in Thakre Rural Municipality-10 of Dhading district. Photo: Keshav.....

Categories