खनियावास गाउँपालिकाको कुरीमा तामाङ होमस्टे सञ्चालन

505 पटक पढिएको

प्रकाशित मिति: ७ असार २०७६, शनिबार ०६:२१

सम्पादक: Dhading News

धादिङ । पर्यटकिय, संस्कृतिक, धार्मिक एवम् प्राकृतिक रुपमा प्रख्यात कुरीमा तामाङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित होमस्टे संचालनमा आएको छ । होमस्टेलाई व्यवस्थापन गर्न खनियावास गाउँपालिकामा तिन दिने आधारभुत होमस्टे तालिम सम्पन्न भएको छ । जेठ ३२ मा सुरु भएको तालिम असार २ मा सम्पन्न भएको गणेश हिमाल कम्युनिटि फाउन्डेसनका अध्यक्ष शिवहरी रिजालले बताउनु भयो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै खनियावास गाउँपालिकाको अध्यक्ष रणबहादुर तामाङले ग्रामिण पर्यटनको विकासमा होमस्टेको सुरुवातले ठूलो सहयोग पुग्ने वताउनु भयो । ४४ जना सहभागि रहेको तालिम कार्यक्रममा भुमराज तिवारीले सहजिकरण गर्नु भएको थियो । होमस्टेको लागि कुरी उपयुक्त गन्तव्य रहेको युवा पर्यटन व्यवसायी नवराज घिमिरेले बताउनु भयो ।

कुरी होमस्टे धादिङ जिल्लाकै नमुना वनाउन आफुहरु लागिपरेको स्थानिय समाजसेवी रामेश्वर रिजालले बताउनु भयो । खनियावास गाउँपालिकाकै पहिलो होमस्टेको रुपमा संचालनमा आएको होमस्टेमा तामाङ संस्कृति, रहनसहन, रीतिरिवाज लाई अनुभव गर्न सकिने कुरी सामुदायिक होमस्टेका अध्यक्ष सपना तामाङले बताउनु भयो ।

तामाङ भाषामा कु भन्नाले भगवान वस्ने स्थल र री ले पवित्र क्षेत्रलाई जनाउँछ । कुरीबाट हालसम्म बसाई सरेर अन्यत्र कोही पनि नगएको स्थानिय केवी गुरुङले बताउनु भयो । पुर्ननिमार्णपछि हरियो र रातो जस्ताको छाना हालिएको झुरुप्प मिलेर बसेको तामाङ वस्तीे गोरखा जिल्लाको वारपाक गाउँको झल्को दिने खालको छ ।

गणेश हिमाल तथा रुवी भ्याली जाने वाटोमा पर्ने कुरी गाउँ नजिकै तातोपानी कुण्ड अर्को आकर्षक गन्तव्य हो । कुरीमा रहेको ल्याक्चेकुण्डमा गणेश हिमालको दाँया प्रष्ट देख्न सकिन्छ । अधिकाशं भुभाग वनजंगलले ओगटेको कुरीमा केही वर्षदेखी मोटरवाटो पनि पुगिसकेको छ । विशाल विजुलुङ ढुङगामा साहसिक व्यतिहरुले चढ्न सक्छन । गाउँपालिकाले यसैवर्ष विजुलुङ ढुङगामा चढ्ने सिढि र वार लगाउने गाउँ पालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ असार २०७६, शनिबार ०६:२१ मा प्रकाशित

समाचार

सबै

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका २ जना अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ.....

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै.....

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको.....

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको.....

आज हरिवोधिनी एकादशी , भगवान विष्णुको आराधना गरी मनाईंदै

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात.....

Categories