सफा गर्ने भन्दै सुन ठगी गर्ने ५ भारतीय पक्राउ

539 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, साउन १५ – सित्तैमा गहना सफा गरिदिने प्रलोभनमा पारी एसिड हालेर सुन पगाल्दै ठगी गर्ने पाँच जना भारतीय नागरिक ठगी गरेको सुन सहित पक्राउ परेका छन् ।

धादिङबेसी नजिकैको गाउँमा ठगी गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई साउन ११ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारीका ३० बर्षिय सरोज सोनार, १७ बर्षिय चन्द्रीका साह सोनार, २५ बर्षिय नरेश कुमार, १६ बर्षिय रोशन कुमार र मोथहारी फेनरा ३ का १७ बर्षिय रोहितकुमार रहेका छन् ।

उनीहरुले नीलकण्ठ गाविस ७ का गोमामाया गुरुङ र सरिता गुरुङको सुनको रिङ सफा गरिदिने बाहनामा एसिडमा डुबाएर सुन ठगी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरुले यसअघि नेपाल भारत सीमानाका गाउँहरुमा यस्तो काम गरेको र धादिङमा पहिलो पटक आएको बताएका छन् ।

पक्राउ परेकाहरुबाट सुनका गहना बनाउन प्रयोग हुने विभिन्न सामाग्री, रसायनका साथै गोमाया गुरुङ र सरिता गुरुङको एक एक तोलाको सुनको रिङ सफा ठगी गरेको ५ लाल र ११.५ लाल सुन पनि वरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत धादिङबाट सोमबार ६ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रेशम पराजुलीले बताउनुभयो ।