धादिङको आरुघाटमा प्रभु बैंकको नयाँ शाखा

1500 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आरुघाट- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने व्यापारिक केन्द्र आरुघाट विशालनगरमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आईतबार उक्त शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

बैंकको आरुघाट शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  त्रिपुरासुन्दरी गाउँपालिकामा यस अघि मेघा बैक,मुक्तिनाथ विकास बैकको शाखा सञ्चालनमा रहेको छ । आरुघाट धादिङ र गोरखा जिल्लाको सिमानामा रहेको मुख्य व्यापारिक केन्द्र हो । गोरखाको आरुघाट तर्फ भने बैक तथा वित्तिय संस्थाको संख्या निकै रहेको छ ।