एनआरएनए न्यूजिल्याण्डको सचिवमा प्रदिप रुपाखेतीको उम्मेदवारी

3064 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – गैरआवासिय नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलिया न्यूजिल्याण्ड लगाएतको देशहरुमा नयाँ कार्यसमितीको लागी अधिवेशन तथा चुनावी सरगर्मी शुरु भएको छ । न्यूजिल्याण्डमा रहेका नेपालीहरु पनि पनि नयाँ नेत्तृत्व चयनमा जुटेका छन् । न्यूजिल्याण्डमा रहेका नेपालीहरुका सामाजिक सञ्जाल पेजहरुमा यसकै चर्चा र प्रचारका सामाग्री जोडतोडका स्थान पाईरहेका छन् । स्वतन्त्र समूह, व्यक्तिहरु आकांक्षीका रुपमा देखिएका छन् उनिहरुहरुले आ–आफ्नै तरिकाले प्रचार प्रसार मा लागेका छन् ।

एनआरएनए भित्रको आर्थिक अपारदर्शिता र व्यक्तिकेन्द्रित निर्णयका कारण विश्वभर प्रश्नचिन्ह खडा गरिरहेको सन्दर्भमा सकारात्मक सोच र विकासका लागी उत्पे्ररणा अभियान चलाउँदै स्वच्छ एवं पारदर्शी संगठनको निर्माण गर्न नेपालीका लागी नेपाली नारा लिएर धादिङ महादेववेशीका इन्जिनियर प्रदिप रुपाखेतीले एनआरएनए न्यूजिल्याण्डको सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदिप रुपाखेती धादिङमा जन्मेर महाकाली मावि सिम्ले, मा विद्यालय तह पार गरी पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ मा बि.इ. सकेर ८ बर्षदेखी न्यूजिल्याण्डमा बस्दै आईरहेका छन । यस अवधिमा प्रदिपले  ट्रान्सपोर्ट कन्स्ट्रक्सन म्यानेजमेन्ट मा मास्टर्स लेभल पार गरी हाल सोही काममा  कार्यरत छन् ।

सामाजिक कार्यमा पनि सक्रिय रहेका प्रदिप नेपालमा भूकम्पपछि लगत्तै धादिङको महादेववेशीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा अस्थाई भवन निर्माण गरी कक्षा सञ्चालन गर्न सहयोग गर्ने देखी लिएर हाल विद्यार्थी, यूवा तथा किशोर किशारीहरुलाई सकारात्मक सोच विकास, उत्प्रेरणा तथा जिवनोपयोगी शिपका माध्यमबाट समाजको रुपान्तरण गर्ने अभियानमा विभिन्न तालिम सहित शुभ नेपाल फाउण्डेशन निर्माण गरी समाजसेवामा सक्रिय छन् ।  सामाजिक भावना र सकारात्मक सोच साथै स्वच्छ छवि भएका अनि प्रष्ट विचार र वाककलामा पोख्त प्रदिपको उम्मेदवारी एनआरएनए न्यूजिल्याण्डलाई सहि दिशानिर्देश गर्दै सफल संस्था निमार्ण गरी नेपाल र नेपालीको पक्षमा उल्लेखनिय बन्ने न्यूजिल्याण्डमा बस्ने नेपालीहरुले आशा  गरेका छन् ।

एनआरएनए विशेषगरी विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आफ्नो मातृभूमि नेपालको विकास र लगानीसमेतमा सहयोग गर्ने साथै विदेशमा जानेका सिप र प्रविधिको विकासमा सहयोग गर्ने मूल उद्धेश्य सहित स्थापनाभई हाल विश्वभर यसका शाखाहरु रहेका छन् ।