व्यवस्थापनको माग गर्दै बसपार्क बन्द

737 पटक पढिएको

सम्पादक: Dhadingnews.com

शंकर श्रेष्ठ, धादिङ
साउन १५ गते । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको बसपार्क सदुपयोगको माग गर्दै स्थानीयबासीले आजदेखि अनिश्चितकालिन बसपार्क बन्द गराएका छन् ।  SAM_1121
सदरमुकामका विभिन्न सार्वजनिक स्थलमा राखिएका बस काउण्टरहरु हटाएर बसपार्कमा मात्रै टिकट काउण्टर राख्नुपर्ने माग सहित बसपार्क व्यवस्थापन समिति र स्थानीयबासीहरुले बसपार्कभित्र गाडी आवागमनमा रोग लगाएका हुन् ।
बसपार्कमा मात्रै टिकट काट्ने र यात्रु चढाउने ओराल्ने नगर विकास समितिसंगको संझौता पछि स्थानीय ९ जनाले १० करोड बराबरको ७ रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए । २०५४ सालमा नै बसपार्क व्यवस्थित बनाउनको लागि भनेर आफुहरुले निशुल्क जग्गा प्रदान गरेको भएपनि हालसम्म नगरविकास समिति, स्थानीय प्रशासन र यातायात व्यवसायीहरुले मनपरी गरेकोले आफुहरुले बाध्य भएर बसपार्क बन्द गराएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष एव् जग्गादाता ललितबहादुर श्रेष्ठले बताउनुभयो ।
अन्यत्र बाहिरिने लामो तथा छोटो दुरीका यात्रुबाहक सवारी साधनहरु बसपार्क भित्रबाट मात्रै संचालन गराउनु पर्ने र उक्त कार्य नगराए जग्गा फिर्ता गराउने सर्त अनुरुप जग्गा दिएकोमा अहिलेसम्म कुनै वास्था नगरी ठाउँ ठाउँमा टिकट काउण्टर संचालन गरेर बसपार्कलाई थोत्रा गाडी थन्क्याउने स्थल बनाएको उनीहरुले आरोप लगाएका छन् ।
यस अघि पटक पटक ठूला बस, माइक्रोबस लगायत सबै प्रकारका यातायातका साधनहरु बसपार्कमा राख्ने र बसपार्कमा संचालित टिकट काउण्टरलाई संचालनमा ल्याई  पूर्ण रुपमा यातायातका साधनहरु बसपार्क केन्द्रित गराउने निर्णय जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले गरेका थिए ।