लोकसेवा आयोगको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने

127 पटक पढिएको

प्रकाशित मिति: १२ असार २०७६, बिहीबार ०६:२५

सम्पादक: Dhading News

काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बुधवार सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले  ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।

यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१२ असार २०७६, बिहीबार ०६:२५ मा प्रकाशित

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories