धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न

1794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ असार – राष्ट्रिय धान दिवसको अवसर पारेर धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बिर्तावेसीमा हिले दौड प्रतियोगिताको आयोजना गरेको होे ।


आधुनिक विकासले नेपाली लोक संस्कृति र चाल चलन ओझेलमा पर्दै गएकोले नयाँ पुस्तालाई परम्परागत संस्कृति र पौराणिक महत्वका बारेमा जानकारी दिने उद्धेश्यले पहिलो पटक जिल्लामा खुल्ला हिले दौड प्रतियोगिता आयोजना गरिएको संघका संरक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष र महिला गरी एक सय आठ जना खेलाडीहरुले भाग लिएका थिए ।
दौडमा महिलातर्फ सिद्धलेक गाउँपालिकाकी सोनी गुरुङ्ग प्रथम, धुनीवेसी नगरपालिकाकी रसिला तामाङ द्धितिय र ललितपुर पाटनकी निर्जला ताम्राकार तृतीय भएका थिए ।

यसै गरी पुरुषतर्फ संखुवासभाका विशाल राई प्रथम, कैलालीका किरण मल्ल द्धितिय र नेपालगंजका खिन बहादुर खत्री तृतीय भएका थिए । उनीहरु तीन सय पचास मिटर हिले दुरी दौडिएर पार गरि विजेता बन्न सफल भएका हुन । प्रतियोगितामा पहिलो, दोस्रा र तेस्रो हुनेहरुलाई क्रमशः पचास हजार, तीस हजार र विस हजार नगद पुरस्कार सहित प्रमाण पत्र र टफि प्रदान गरिएको थियो ।


प्रतियोगिता शुरु हुनु अघि धदिङबेसी बिचवजारबाट पञ्चैवाजा र नाचगान सहित ¥याली निकालिएको थियो । बिचवजारचोकबाट शुरु भएको ¥याली सुगमटोल, शान्तबजार,एमालेचोक, पुछारवजार, पुल्चोक, सांघुटार हुंदै विर्ता बेसी पुगेर सभामा परिणत भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता उद्घाटन समारोहमा जिल्लाका विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरुको आतिथ्य रहेको थियो । प्रतियोगिता हेर्न एक हजार भन्दा बढी दर्शक विर्ताबेसीमा उत्रिएका थिए ।