चितवनमा ट्रक त्रिशूलीमा खस्यो दुई जनाको मृत्यु, एक घाइते

1218 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन । चितवनको चुम्लिङटार नजिकै ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन । शुक्रवार बिहान ५ः४५ बजे तिर मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
ट्रक सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा दुई जनाको मृत्यु र एक जना घाइते भएका हुन्, घाईते भएका व्यक्ति ट्रकको चालक रहेको बुझिएपनि उनको अवस्था गम्भिर रहेकाले परिचय भने खुल्न सकेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन ।