फेसबुकमा यस्ता गोप्य कुरा यस कारण नराख्नुहोस्

159 पटक पढिएको

प्रकाशित मिति: २३ असार २०७६, सोमबार ०६:४६

सम्पादक: Dhading News

 

 

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक नचलाउने को होला र अचेत ? प्राय मानिसले फेसबुक चलाइरहेका हुन्छन् । इन्टरनेट अनिवार्य साधन भइसकेको हुनाले यस्ता सामाजिक सञ्जालले कुराकानीलाई सजिलो र सस्तो पनि बनाइदिएको छ।

संसारभर घटेका घटनाहरु मात्र नभइ टाढा रहेका आफन्तसँग क्षणभरमै भिडियोमा कुराकानी गर्न सकिन्छ। घरबाटै काम गरेर जीविकोपार्जन गर्न सकिन्छ । सजिलोसँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन् ।

सामाजिक सञ्जालमा सन्देशहरु प्रवाह गर्दा सामान्य होसियारी अपनाउँदा इन्टरनेटकै कारण हुन सक्ने जोखिम कम हुन्छ । फेसबुक या सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक, क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट गर्नुहुँदैन । यदि तपाइँले यसो गर्नुभयो भने निकै ठूलो गल्ती हुनसक्छ ।

तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा कम्प्युटर ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् । त्यसैले बिर्सेर पनि निजी जानकारी फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन ।

के कस्ता कुरामा ध्यान दिने ?

फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउने छन् ।

जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको निजी जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्न सक्छन् र तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि एसेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

रिलेसनशीप स्टाटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

आफ्नो बोसलाई नजोड्नुहोस्ः यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बोसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

पारिवारको तस्बिर नराख्नुहोस्ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

  • एजेन्सीको सहयोगमा


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२३ असार २०७६, सोमबार ०६:४६ मा प्रकाशित

समाचार

सबै

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार बस्ने ६० वर्षीय.....

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

Categories