जन्मदिनमा ‘सुनको पिंजडा’ खोलिन सृजनाले

1320 पटक पढिएको

प्रकाशित मिति: २२ असार २०७६, आईतवार १९:३७

सम्पादक: Dhading News

धादिङ – केही समय यता धादिङ जिल्लामा साहित्यिक गतिविधि निकै सुस्त हुन पुगेको छ । देश विदेशमा समेत ख्याती कमाएका दर्जनौं चर्चित साहित्यकारहरुको जिल्ला धादिङको साहित्यिक अभियान सुस्ताउँदै कृति प्रकाशन गर्ने क्रम घट्दै गईरहेको बेला  साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह  बजारमा आएको छ ।  जिल्लाका साहित्यकारले राजधानीमा गएर आफ्नो कृति विमोचन गर्ने चलनलाई तोड्दै धादिङकी सृजना अर्याल अधिकारीले आफ्नो जन्मदिनमा सदरमुकाम धादिङबेसीबाटै कविता संग्रह सार्वजनिक गर्नु भएको हो ।

धादिङ  जिल्लामा रहेका अगुवा साहित्यकार तथा काठमाण्डौलाई कार्यथलो बनाएका साहित्यकारहरुको जमघट पारेर आफ्नो जन्मदिनको अवसरमा असार २१ गते प्रगतिशील साहित्यकार तथा कवयित्री अर्यालको ‘सुनको पिंजडा’ नामक पुस्तक बिमोचन गरिएको हो ।प्राध्यापक राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको पुस्तक विमोचन समारोहमा ५४ कविता समेटिएको सुनको पिंजडा विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार नरनाथ लुईंटेल, प्राध्यापक डा.रामचन्द्र लम्साल, लिलानाथ पौडेल, रामहरि लम्साल, होम सुवेदी, कोषराज न्यौपाने ,हरि खनाल लगायतको आतिथ्यमा अधिकारीको सुनको पिजँडा खोलिएको हो । कार्यक्रममा जिल्लाका पुराना तथा नवोदित साहित्यअनुरागीहरुको जमघट रहेको थियो ।

मानवता र मानवतावाद, जन्मभूमी र देशको महिमा गान, राष्ट्रवाद, समाजका विभेदहरुको चिरफार, प्रगतिशील सन्देश, महिलामाथि हुने विभेद र समानताका लागि आवाजहरु कवितामा समेटिएका छन् ।२०७२ को भूकम्पपछि देश प्रेम, साँस्कृतिक रुपान्तरण, दुःख, पीडा समेटिएका सबै कविताहरु ११ किसिमका छन्दमा लेखिएका छन् । सुनको पिँजडा भित्र रहेको कविताका केही हरफहरु यस्ता छन् ।

म नेपाल आमा खुसी देख्न पाऊँ
सबै देसबासी सुखी देख्न पाऊँ
ल साथीहरु हो १ कुनै मार्ग खोज
कहाँ के गरुँ ? त्यो मलाइ नसोध ।

बोक्दै पीडा छटपट गरी बाँच्नुपर्दैछ मैले
पुछ्दै आँखा मनमन रुँदै हाँस्नुपर्दैछ मैले
के बिर्सूँ खै सबतिर उहि सम्झना सल्बलायो
मात्रै तिम्रो हर तरहको याद बल्झेर आयो

ल्यायौँ जंगलबाट अजाज यसरी पासो लगाईकन
राख्यौ भित्र अमूल्य स्वर्ण पिंजडा साँचो लगाईकन
ख्वायौ अन्न र भोजनादि कति हुन् नाना र चाचा कति
सारा कर्म गर्यौ म स्वर्णपिंजडा भित्रै रमाउँ भनी ।

चिसा रात गरीबका घर कठै छानो चुहेको पल
न्यायो छैन कतै र छैन डसना तातो लुगा कम्बल
कक्र्यो ज्यान असाध्य लाग्छ ठिहिरो झैँ दन्त कट्काउने
काँप्छन् हात र ओठ थर्थर गरी जाडो नआए हुने ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ असार २०७६, आईतवार १९:३७ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

बुढाथुममा प्रहरी चौकी भवनको उद्घाटन

बुढाथुम- धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुममा नयाँ बनाईएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नवनिर्मित भवनको.....

कोरोना महामारीले मानवअधिकारको अवस्था नाजुक

धादिङ ।  कोरोना संक्रमणको महामारीले नेपालमा मानवअधिकारको अवस्था नाजुक वन्दै गएको छ । मानवअधिकार र सामाजिक.....

मैनबत्ती प्रज्वलन गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी

धादिङबेसी। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबार देखि विश्वव्यापी रुपमा शुरु भएको छ । संयुक्त.....

पप्पु कन्ट्रक्सनले अलपत्र छाडेको जिन्टेटारको पुल निर्माण शुरु

गल्छी ( धादिङ) धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ६ को जिन्टेटारबाट र वडा नम्बर १ को सालटार जोड्ने त्रिशूली.....

रेडक्रसकर्मी वर्मा र शर्माको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

धादिङ- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले शनिवार कार्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको.....

Categories