टाउकोमा गोली लागेका रामजीको अवस्था सुधारोन्मुख

436 पटक पढिएको

प्रकाशित मिति: २४ असार २०७६, मंगलवार २१:१८

सम्पादक: धादिङ न्यूज

काठमाडौँ– आफ्नै घरमा बेलुकीको खाना खाईरहेको बेला गोली लागेर घाईते भएका धादिङको वेनिघाट रोराङ गाउँपालिका वडानम्बर ८ का वडा सदस्य रामजी चेपाङको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । चेपाङलाई असार १८ गते बुधबार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई गोठीभन्ज्याङ स्थित आफ्नै घरमा खाना खाईरहेको बेला टाउकोमा गोली प्रहार गरेर गम्भिर घाईते बनाएका थिए ।

 टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी अस्पताल धादिङबाट रिफर गरि नर्भिक इन्टरनेशनल हस्पिटल पुर्‍याइएका ३६ वर्षिय रामजी चेपाङ को स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। उनी असार १९ गते अस्पताल भर्ना भएका थिए।

कञ्चटमा गोली लागेका रामजीको टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म गएको थियो। उनको उपचार वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो।

गोली लागेपछि उनी अर्धचेत थिए भने टाउकोबाट प्रशस्तै रक्तस्राव भएको थियो। उनको मस्तिकमा गोली लागेकै कारण बारम्बार वान्ता गर्ने गरेका थिए भने उनको दाहिने मस्तिष्कको धेरै भागक्षत–विक्षतभएको अवस्था थियो।

हाल रामजी नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा उपचार गराउँदैछन्। उनलाई छिट्टै नै वार्डमा सारिने अस्पतालले जनाएको छ।

उनलाई असार १८ गते बुधबार साँझ ८ बजे गोली लागेको थियो।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ असार २०७६, मंगलवार २१:१८ मा प्रकाशित

समाचार

सबै

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनको गाउँ शिल गरिएको छ । बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल समेतको.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

Categories