सेनाले सर्वसाधरणको जग्गाको मुआव्जा दिएन

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङको गजुरीमा रहेको नेपाली सेनाको व्यारेकले शशस्त्र द्धन्द्धका वेला सुरक्षाको कारण देखाई प्रयोग गरेको सर्वसाधारणको जग्गाको मुआव्जा नपाएको जग्गा धनीहरुले गुनासो गरेका छन ।
गजुरीमा हाल सवुज गणको व्यारेक रहेको स्थानवाट पश्चिम पट्टी रहेको पृथ्वीराजमार्ग संग जोडिएको सर्वसधारणको सत्र रोपनी जग्गा २०५८ सालदेखि सेनाले प्रयोग गर्दै आईरहेको स्थानीयवासीले वताएका छन ।सेनाको प्रयोजनमा रहेको सर्वसाधारणको जग्गाको कम मुल्यमा वालीनालीको क्षतीपुर्ती दिई हाल सम्म प्रयोगमा रहेकाले सेनाले जग्गा किन्नुपर्ने या सम्वन्धित व्यक्तिलाई उक्त जग्गा फिर्ता गरिदिनुपर्ने स्थानीयवासीको माग छ । मंगलवार धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुसाद पोखरेललाई ज्ञापन पत्र बुझाउंदै दश जना जग्गा धनीहरुले २१ दिन भित्र निर्णय गरिदिन आग्रह गरेका छन ।
स्थानीयवासीको तर्फवाट ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यस बिषयमा नेपाली सेना संग तत्काल कुरा अघि बढाउनुका साथै जिल्ला सुरक्षा समितिले विगतमा गरेको निर्णय कार्यान्वयन गर्न पहल गर्ने वताउनुभएको छ ।