राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

1363 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मेष -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।

सिंह -(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।

कन्या -(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

तुला-(र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

बृश्चिक -(तो, ना, नि, नु, ने, नो, या, यि, यु) मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ ।

धनु -(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि० स् मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

कुम्भ -(गु, गे, गो, सा, सि, सु, से, सो, द) तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

बृष -(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

मिथुन -(का, कि, कु, घ, ङ, छ, के, को, ह ) रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो० स् व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ ।

मीन -(दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ ।

यस्ता राशि भएका महिला र पुरुष दुवैलाई विवाहपछि त्यति राम्रो श्रीमान् मानिँदैन ज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन् जसका पुरुषलाई राम्रो पति मानिँदैन । भनिन्छ कि जुन पुरुषको राशि यी तीन राशिमध्ये कुनै एकपर्छ, ऊ विवाहपछि राम्रो पति वा श्रीमान् साबित हुँदैन ।

मीन राशि
ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन । मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन् । यो बाहेक मीन राशि भएका पुरुषलाई आफ्ना पत्नी प्रति असुरक्षा को भावना बनिरहन्छ ।

वृष राशि
वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ । भनिन्छ कि जसको राशि वृष हुन्छ उ निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ । तर यस राशिका पुरुष विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर यिनीहरुको सम्बन्धमा दुवैमा धेरै नै मनमुटाव हुने गर्छ ।

कन्या राशि
कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन् । तर विवाहपछि पुरुषको कुरा गर्ने हो भने कन्या राशिका पुरुषलाई राम्रो पति मानिँदैन । ज्योतिषका अनुसार कन्या राशिका आफ्नो पत्नीलाई नियन्त्रणमा राख्न चाहने खालका हुन्छन् ।यस राशिका पुरुष प्राय आफ्नो पत्नीको आवाज दबाउन खोज्ने खालका मानिन्छन् ।

यो पनि पढ्नुहोस्
विवाहपछि चम्किन्छ, यो राशी हुने मान्छेको भाग्य‘,जानी राखौं
प्रायजसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईंको राशी कर्कट हो ।

यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीष शास्त्रको दाबी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले दाबी गरेको छ ।

कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन पर्दैन् । तर विवाह भएपछि निकै नै सुखी हुन्छन् । कर्कट राशीको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ । विवाह पछि भाग्य र परिवर्तन यस राशीको मानिसको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ ।

यो राशी हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यीनीहरुले जुन काममा हात हालेपछि सफल हुनेछ । कर्कट राशी हुने मानिसहरुले आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका मानिसहरुएकदमै परिश्रमी र इमान्दार हुन्छन् ।