३ नम्बर प्रदेश सरकारले २० स्थानीय तहमा पक्कि सडक बनाउँदै

402 पटक पढिएको

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार १९:३२

सम्पादक: Dhading News

धादिङ–३ नं प्रदेश सरकारले धादिङ जिल्लाका ३ वटा सहित प्रदेशभरीका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने पक्की सडक निर्माण गर्ने भएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्ष २०७६÷७७ मा कार्यान्वयन हुने गरी ३ नं प्रदेश सरकारले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा २० वटा स्थानीय तहका लागि बजेटको व्यवस्था गरिएको छ । राजमार्गबाट स्थानीय तहको केन्द्र पुग्ने बाटो निर्माणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ योजना अघि सारेको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङका ३, मकवानपुरका ३, सिन्धुपाल्चोकका ३, काभ्रेपलान्चोकका २, नुवाकोटका २, दोलखाका २, रामेछापका २ वटा स्थानीय तहको केन्द्र सम्म सडकको व्यवस्था गर्नका लागि बजेट बिनियोजन भएको छ । रसुवा, ललितपुर र सिन्धुलीका १÷१ वटा स्थानीय तहमा चालू आर्थिक बर्षमा सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिका लागि बजेट बिनियोजन भएको मन्त्रालयले जनाएको छ ।

सडक निर्माणका लागि धादिङको रुबिभ्यालीका लागि ४ करोड, नीलकण्ठ नगरपालिकाको पाल्पाभन्ज्याङ हुंदै ज्वालामुखी गाउँपालिका जोडिने सडकका लागि २ करोड र सिद्धलेक गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

काभ्रेपलान्चोकको महाभारत गाउँपालिका पुग्ने सडकको नयाँ ट्रयाक खोल्ने कार्यका लागि ४ करोड र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुग्ने ज्यामिरे सीतादेवी बाहुन डोडेनी सडकको नयाँ ट्रयाकका लागि १ करोड रुपियाँ बिनियोजित छ ।

स्तरोन्नतिका लागि छुट्याइएका १७ वटा स्थानीय तहको केन्द्र पुग्ने सडक योजनाहरुमा मकवानपुरको कैलाश गाउँपालिका केन्द्र कालिकाटार पुग्ने चुनियाँ–नामटार सडकका लागि ४ करोड, राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर पुग्ने मनहरी–चैनपुर सडकका लागि २ करोड र हेटौँडा उपमहानगरपालिका ५ बाट मकवानपुरगढीको केन्द्र मक्रान्चुली पुग्ने सडकका लागि १ करोड बिनियोजन भएको छ ।

नुवाकोटको छत्रेखोला सेराचौर मानेडाँडा दाङसिङ सडकमार्फत तारकेश्वर गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र निरन्जना–बाघखोर सडकमार्फत बेलकोटगढी नगरपालिका पुग्ने सडकका लागि ४२ करोड रुपियाँ बिनियोजित छ । सिन्धुपाल्चोकको सुनकोशी–धुस्कुन–पिस्कर सडकमार्फत त्रिपुरासुन्दरी गाउँपालिका जोड्न ४ करोड र नौविसे–चौतारा सडक आयोजनाका लागि २ करोड रुपियाँ बिनियोजित छ । दोलखाको सित्ताली मेलु–माने बुद्धचोक ढाडेखोला सडकहुँदै मेलुङ गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र भोर्ले तिनेखु गाउँपालिका केन्द्र सडक आयोजनामार्फत गौरीशंकर गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ बिनियोजित छ । रामेछापको कालो चौतारा सिंगटी गलभ च्यादलु सडकमार्फत उमाकुण्ड गाउँपालिका जोड्ने र खैरेनीघाट बेथान गाल्बा सडक आयोजनामार्फत सुनापति गाउँपालिका जोड्ने सडकका लागि ४/४ करोड रुपियाँ बिनियोजित छ ।

त्यसैगरी काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका जोड्ने भुम्लुटार–सल्ले सडक आयोजनाका लागि २ करोड, सिन्धुलीको पिप्लेभन्ज्याङ सिम्ले खटार हायुटार सडकमार्फत घ्याङलेख गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र ललितपुरको गोदावरी नगरपालिकादेखि कोन्ज्योसोङ गाउँपालिका धेधरे जोड्ने सडक हुँदै कोन्ज्यासोङ गाउँपालिका पुग्ने सडकका लागि ४ करोड बिनियोजित छ ।

चालू आर्थिक बर्षमा २० वटा स्थानीय तहको केन्द्रमा सडक ट्रयाक खन्न र स्तरोन्नति गर्न सरकारले ५४ करोड खर्च गर्न लागेको मन्त्रालयले जनाएको छ । तीन बर्षभित्रमा कालोपत्रे सम्पन्न गर्नेगरी सडकहरुको छनौट गरी काम अघि बढेको र अर्को बर्ष थप सडक योजना बिस्तारका लागि चालू आर्थिक बर्षभित्रै ३५ वटा स्थानीय तह जोड्ने बाटोको पहिचान गरी डिपिआर सम्पन्न गर्नेगरी मन्त्रालय अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१७ श्रावण २०७६, शुक्रबार १९:३२ मा प्रकाशित

समाचार

सबै

धादिङबेसीमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बैक तथा वित्तिय संस्थाको शाखा स्थापना हुनेक्रम बढ्दै गएको छ । एक दर्जन भन्दा बढी बैकको शाखा स्थापना भई संचालनमा रहिरहेको धादिङबेसीमा सिद्घार्थ बैंकले पनि.....

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषदमा

धादिङ, ३२ साउन। धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्माण हुन लागेको हुवासीन सिमेण्ट उद्योगका लागि.....

हावाले उडाएको पुल मध्य बर्षामा ढलान गरिंदै

धादिङ- निर्माण कार्य शुरु भएको पाँच वर्ष विति सक्दापनि सम्पन्न हुन नसकेको नुवाकोटको केउरिनी बाट धादिङको.....

नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा.....

लालपुर्जा किर्ते गरी बुढीगण्डकीबाट ६३ लाख ठगी

धादिङ । १२ सय मेगावाट बिजुली उत्पादन गर्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनासँग ठगी गरेर रकम असुलेको.....

Categories