अमराईमा जिप पल्टिंदा चौध जना घाईते

1222 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ज्वालामुखी,२८ साउन –  सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको मैदी तर्फ जांदै गरेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन ।


धादिङबेसीबाट मैदी जाँदै गरेको बा १३ च ५२३० नम्बरको बोलेरो जीप मंगलबार दिउँसो ४ वजे तिर ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ मैदी अमराईमा दुर्घटना हुंदा जीपमा सवार १४ जना घाईते भएका हुन ।

घाईतेहरुको प्रहरी,स्थानीयवासी र रेडक्रसका उद्धारकर्मीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि काठमाण्डौं पठार्ईएको छ भने बाँकी घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते मध्ये गम्भिर अवस्थाका चार जनालाई थप उपचारका लागि काठमाण्डौं ट्रमा सेन्टर पठाईएको छ । काठमाण्डौं पठाईएकाहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ घर भएकी २८ बर्षिया लक्ष्मी श्रेष्ठ, ज्वालामुखी १ का ४० बर्षिय विरवहादुर मगराती, सोही ठाउँ बस्ने ३५ बर्षिया माया रानामगर र ५७ बर्षिय लोकवहादुर सामरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनु भयो ।


दुर्घटनामा परि घाईते हुनेहरुमा जीप चालक गोपाल नेपालीका साथै यात्रुहरु ज्वालामुखी ३ समिभन्ज्याङ बस्ने प्रतिभा विश्वकर्मा, उखुबारी बस्ने ४२ बर्षिया बालकुमारी विक, मिलन परियार, हटियाका रिजन श्रेष्ठ, मन्जु श्रेष्ठ, बिष्णु नेपाली,मैदीकोटकी सन्ध्या परियार, कोपिला श्रेष्ठ,ज्वालामुखी २ बस्ने पौषप्रसाद तिवारी रहेको पनि प्रहरीले जनाएको छ ।

उकालो बाटोमा पुगेपछि अचानक जीप पछि हट्दै पल्टिएपछि खानेपानीको धारामा गई रोकिन पुगेको प्रत्यक्षदर्शी स्थानीयले वताए ।