डोमेन दर्तामा नेपालको ठेगाना नभएका अनलाइन निगरानीमा

11 पटक पढिएको

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहीबार १८:४१

सम्पादक: Dhading News

काठमाडौँ ३० साउन – डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरु माथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने,ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको लागि अहिलेको आचारसंहिता सम्बन्धी कानुनले सबै बिषय समेटन नसकेकोे बताउनुभयो । उहाँले धेरै कारवाही भनेको नै प्रेस पास निलम्बन,लाइसेन्स खारेज भएको हुँदा जहाँ जस्ले जे बोले पनिहुने मानसिकता भएको बताउनुभयो ।
आफ्नो पत्रकारिताको विगत सम्झदै कावा अध्यक्ष श्रेष्ठले अहिले समाजमा पत्रकार भन्नपनि धक मान्नुपर्ने स्थिती देखा परेको बताउनुभयो । उहाँले पत्रकारले गरेको गल्तिमा केही कारवाहि गरेपनि आन्दोलन गर्ने, प्रेस स्वतन्त्रताहनन् गर्यो भनेर हिड्ने प्रवृति बढेको प्रति चिन्ता ब्यक्तm गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोपाल बुढाथोकीले केही अनलाइनहरूले राख्नै नहुने कुराहरु राख्न थालेको तर त्यसलाई कसरी अनुगमनगर्ने भन्ने पाटो गम्भीर भएको बताउनुभयो । सरकारले पोर्न साइट बन्दगर्न सक्ने तर गलत तथा भ्रामक सामग्री राख्ने अनलाइनलाई नियन्त्रण गर्न किन नसक्ने भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो । सदस्य बुढाथोकीले अनलाइनमा आउन थालेका असान्दर्भिक सामग्री समग्र राष्ट्रको समस्या भएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले दर्ता नभइकन चलेका अनलाइनहरुलाई के गर्र्ने भन्ने बिषय नै अहिलेको प्रमुख समस्या भएको बताउनुभयो । उहाँले विदेशबाट नेपालीहरुले चलाएका अनलाइनमा धेरै नै समस्याहुने गरेको बताउनुभयो । मुख्य अधिकृत भुसालले काउन्सिलले नियमित रुपमा सबै प्रकारका सञ्चार माध्यमहरुको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

सह न्यायधिवक्त्ता संजीवराज रेग्मीले अनलाइन निर्देशिकाको बिषय जटिल भएको बताउनुभयो । कतिपय विषय हालको कानुनबाट समाधान गर्न सकिने,कतिपय विषय नयाँकानुनमा समेटनु पर्ने र केही विषय दुइपक्षयि संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
प्रहरी नायब महानिरिक्षक निरज बहादुर शाहीले अनलाइन सञ्चारमाध्यममा सम्प्रेषित गलत एवं भ्रामक समाचारले राष्ट्रिय सुरक्षा र ब्यत्तिको जीवनमा समेत असर पुग्ने बताउँदै त्यस्ता उजुरीहरू प्रहरी कहाँ समेत आउने गरेको बताउनुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले नेपालबाट सञ्चाल नहुने र बाहिरबाट सञ्चालन हुने अनलाइनलाइ एउटै कानुन लागु हुने बताउनुभयो । उहाँले पत्रकारले गरेको गल्तिलाई पक्षपोषण नगरी गल्तिहो भन्न सक्नुपर्ने बताउनुभयो । “सरकारले पोर्न साइट र पब्जि बन्द गर्नसक्ने अनलाइन बन्दगर्न नसक्ने भन्ने हुदैन, त्यसको लागि पत्रकार महासंघको साथ चाहिने उहाँको भनाई थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिव राजन पौडेलले मन्त्रालयले कानुनको परीधिमा रहेर गर्न सकिने कारवाही गर्ने बताउनुभयो ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघले गलत पत्रकारको पक्षपोषण नगरेको भन्दै सधै सत्यको पक्षमा रहने बताउनुभयो । महासचिव विष्टले गलत कामगर्ने पत्रकारलाई सार्वजनिक प्रतिकार गर्नुपर्ने भन्दै काउन्सिल र महासंघ एउटै पक्षमा रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सह– प्रशासकीय अधिकृत दीपक खनालले के समाचार हो र सामग्रीहो ?त्यसको पहिचान गर्न सक्नु पर्ने बताउनुभयो । केही अनलाइनमा समाचार नभएर गलत सामग्रीमात्र आउने गरेको भन्दै उहाँले त्यस्ताको पछि लाग्न नहुने धारणा राख्नुभयो । सह– प्रशासकीय अधिकृत खनालले दर्ता नभएको अनलाइनको हकमा स्वत नेपाल दूरसञ्चार पा्रधिकरणले कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले न्यूजपोर्टलको रुपमा सञ्चालन गरी नेपालको ऐन,नियम,निर्देशिका एवं विधि बमोजिम विधिवतरुपमा दर्ता /सूचिकरण नभएका अनलाइन पोर्टलबाट सम्प्रेषित अतिरञ्जित सामाग्री र कारवाहीको अवस्थाबारे प्रस्तुतगर्नु भएको थियो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमको काम,कर्तव्य र अधिकार तथा कारवाही र निर्णय प्रकृया,सूचीकरण र वर्गिकरणबारे जानकारी दिनुभएको थियो । बोहराका अनुसार काउन्सिलमा हालसम्म अनलाइन १७४७,रेडियो तथा एफएम ८४० ,टेलिभिजन १५३ तथा नियमित पत्रिका ९१२ रहेको जानकारी दिदैं उहाँले जनगुनासो र अनुगमन, उजुरी र कारवाही,खण्डन र सचेत,जानकारी,अनुगमनमा प्रविधिको प्रयोग,आचारसंहिता उल्लंघनका प्रकृति,अनुगमनको तरीकाहरुबारे उदाहरण सहित प्रष्ट पार्नुभएको थियो ।

सुचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्यल १ महिनाको अवधिमा ८१ वटा अनलाइन विभागमा दर्ता भएको बताउनुभयो । उहाँले चाइनामा जम्मा ५ सयवटा मात्रै अनलाइनभएको सन्दर्भमा नेपालमा यतिधेरै अनलाइन हुनु अस्वभावीक भएको भन्दै नियमनग र्नुपर्ने बताउनुभयो ।

छलफलबाट समय तोकेर अनलाइनदर्ता हुन सूचनाजारी गर्ने र दर्ता नभएका अनलाइनलाई निश्चित समयभित्र अनलाइनदर्ता गर्न जानकारी गराउने सहमतिभएको छ । यस्तै कार्यविधिमा टेकेर जति अधिकार छ त्यसलाई कार्यान्वयन गर्ने , एउटा समिति÷कार्यदल बनाएर महिनामा एकपटक यस्ता सामग्रीहरू एवं समस्या बारे जानकारी गर्ने, समितिमा(काउन्सिल,पत्रकार महासंघ,सूचना तथा प्रशारण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरो,महान्यायधिवत्ताको कार्यलय तथा केन्द्रिय अपराध अनुसन्धान महाशाखाका प्रतीनिधि) रहने गरी प्रस्तावगर्न सहमति भएको छ ।

कार्यक्रममा साइबर ब्यूरोका ननिन्द्र अर्याल,सिआइबिका ए.एमचन्द्र बहादुर धामी,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाउप–सचिव राजन पौडेल, सूचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्य, अपराध महाशाखाका सुशिल सिंह राठौर,साइबर क्राइमका लिलाराज डाँगी, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार राय , नेपाल दूरसञ्चार प्राधिकरणका उप–निर्देशक रेवती राम पन्थ, महान्यायधिवक्ता कार्यलयका संजीवराज रेग्मी,नेपाल टेलिभिजनका फोटो जर्नालिस्ट ,काउन्सिलका कर्मचारहिरुको सहभागिता रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० श्रावण २०७६, बिहीबार १८:४१ मा प्रकाशित

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories