विरामीलाई अस्पताल जाने सल्लाह दिन्छन चेपाङ झाँक्री

590 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /धादिङका सिमान्कृत चेपाङ समुदायका धामीझाँक्रीहरुले बिरामीलाई स्वास्थ्य संस्थामा उपचारका लागि जाने सल्लाह दिन थालेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने पिडा धुषा जोगीमारा गजुरी बेनीघाट र महादेवस्थान लगायतका गाविसमा वसोवास गर्दैआईरहेका चेपाङ समुदायका धामीझाँक्रीले विरामीलाई यसरी स्वास्थ्य सल्लाह दिन थालेका हुन् । उनीहरु आफुकहां आएका विरामीलाई झारफुक गर्नेमात्र होइन जडीबुटी ख्वाउने काम गरेर बिरामीलाई एकपटक स्वास्थ्य संस्था गएर स्वास्थ्यकर्मि संग जचाउन सल्लाह दिने गर्दछन।
गरिवी अभाव र अशिक्षाका कारण अस्पताल र स्वास्थ्य संस्था भनेपछि टाढा हुने गरेका चेपाङ जातिका मानिसहरु अहिले बिरामी भएमा अस्पताल जानुपर्छ भन्ने कुरा बिस्तारै बुझ्न थालेका छन् । झाँक्री काम गर्दे आएका धुषा गाविस -९ का लालहरि चेपाङ आफुले सबै बिरामीलाई अस्पताल जान सल्लाह दिने गरेको बताउछन ।
सरकारी तथा गैरसरकारी संघसंस्थाले दिएको तालिम र जनचेतना कार्यक्रमले चेपाङ समुदायका धामी झाँक्रीमा यस्तो स्वास्थ्य चेतना जागेको हो । चेपाङ समुदायमा धामी झाँक्री प्रति अत्यन्त ठुलो विश्वास छ । यसैले उनीहरुलाई अझै सचेत पार्न सक्ने हो भने सिङ्गो चेपाङ जातिका मानिसहरुमा स्वास्थ्य चेतना आउन सक्ने चेपाङ समुदायबाट कृयाशिल संचारकर्मी एबम रेडियो राजमार्गका स्टेशन मैनेजर उद्दव चेपाङ बताउनुहुन्छ ।  चेपाङ धामीझाँक्रीलाई चेपाङहरुले मात्र होइन अन्य जात जातिका मानिसले समेत विश्वास गर्ने गर्दछन् । त्यसैले चेपाङ समुदायका धामीझाँक्रीमा आएको चेतनालाई अझ वृद्धि गर्न थप तालिमको कार्यक्रमहरु जरुरी भएको अगुवा चेपाङ कार्यकर्ताहरु वताउंछन