धादिङबेसीमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा

2089 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बैक तथा वित्तिय संस्थाको शाखा स्थापना हुनेक्रम बढ्दै गएको छ । एक दर्जन भन्दा बढी बैकको शाखा स्थापना भई संचालनमा रहिरहेको धादिङबेसीमा सिद्घार्थ बैंकले पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले देशभर १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७५ एटीएम र एक हजार ३०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

साउन २९ गते बुधबारदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीमा सिद्धार्थ बैकको नयाँशाखा सञ्चालनमा आएको हो । बैंकले धादिङबेसी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु(याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको शाखा प्रवन्धक रेसु अधिकारीले वताउनु भयो ।

सिद्धार्थ बैंकले बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको पनि जनाएको छ । सिद्धार्थ बैक सहित धादिङबेसीमा वाणिज्य बैकको संख्या पुगेको छ । यस अघि सदरमुकाम धादिङबेसीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैक, नेपाल बैकको शाखाले बैकिङ सेवा दिईरहेको छन भने निजी क्षेत्रको एनआईसि एसिया,प्रभु,एभरेष्ट,हिमालय,मेघा, सानिमा र सिभिल बैकले सेवा दिईरहेको छ ।

यो बाहेक सदरमुकाममा मुक्तिनाथ , कामना सेवा, कैलाश,महालक्ष्मी विकास बैक पनि सञ्चालनमा रहि सेवा दिईरहेको छ भने गण्डकी,गरिमा लगायतका विकास बैक सञ्चालनको तयारीमा रहेका छन ।