नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

1011 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२ भदौ – नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय तामाङको मोटरसाईकल घरवाटै हराएको चार महिना पछि धादिङमा फिर्ता भएको छ ।

गएको बैशाख २० गते विदुर स्थित आफ्नै घरबाट हराएको तामाङको केटिएम डुके २०० सिसिको सुन्तला रंगको मोटरसाईकल चोरी गरी बास्तविक नम्बर बा ५१ प ४३४३ लाई बा ५१ प ४३४६ बनाई प्रयोग गरिरहेको अवस्थामा प्रहरीले फेला पारी भदौ १ गते सम्वन्धित सवारी धनीलाई फिर्ता गरेको हो ।
प्रहरीले गएको जेठ १९ गतेनै उक्त मोटरसाईकल नीलकण्ठ नगरपालिका वडा नम्बर १२ पशुपतिडाँडामा सवारी चेकजाँचका क्रममा वेवारिसे अवस्थामा भेटेको जनाएको छ ।