किन आत्महत्या गर्छन पत्रकार ?

277 पटक पढिएको

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलवार १४:२३

सम्पादक: Dhading News

-अञ्जु कार्की

मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउने अधिकांश पत्रकारहरू राम्रो मोटरसाइकलमा चढेको देखिन्छ । महिना महिनामा फेसन अनुसारका कपडा फेरेको देखिन्छ, खाजा तथा कफी खान महँगा रेस्टुरेन्टमा छिरेको देखिन्छ । छोराछोरी महंगा बोर्डिङ स्कुलमा पढाएको देखिन्छ । रेड लेवल भन्दा तलको कुरा नै गर्दैनन् । ब्याल्क मेलिङ पत्रकारिताविना यो कसरी सम्भव छ ? मिडिया हाउस घाटामा जाँदै गर्दा मालिकहरूको सम्पत्ति हरेक वर्ष थपिँदै जानु, न्यूनतम तलब नपाउने पत्रकारहरूको मासिक खर्च एक डेढलाख हुनुको कारण के होला ?

केही वर्षअघि पत्रकार मित्रलाल बालक (अधिकारी)ले धरहाराबाट हामफालेर देह त्याग गरेको समाचारले निकै सनसनी मच्चायो । तत्कालीन राष्ट्रपति डा। रामवरण यादवको जीवनी लेख्दै गरेका पत्रकार भरत भूर्तेल शव गौशालाको एक होटलमा मृत अवस्थामा फेला परेका थिए । पुस्तक लेखनका लागि राष्ट्रपति डा। यादवकै निजी सचिवालयले प्रबन्ध गरिदिएको कोठामा पत्रकार भूर्तेलको शव फेला परेको थियो ।

प्रहरीले उनीहरू दुवैको आत्महत्याको कारण एउटै रहेको बेहोरा सार्वजनिक ग¥यो । त्यो कारण थियो–‘आर्थिक अभावका कारण उत्पन्न तनाव ।’ केही वर्षअघि एकजना युवा पत्रकार विशाल खत्री सडकामा मृत अवस्थामा फेला परे । राती जाडोले कठ्यांग्रिएर उनको मृत्यु भएको प्रहरीले जानकारी दियो । आफूले काम गरेको मिडियाले २–४ महिना तलब नदिएपछि पत्रकार खत्री गेरु वस्त्र लगाएर पशुपति धर्मशाला पुगेका थिए ।

यतिवेला युवा पत्रकार शालिकराम पुडासैनीको अस्वभाविक मृत्युले मुलुक तातेको छ । उनको मृत्युको कारण पनि आर्थिक तनावसँग जोडिएको छ । उनको हत्या हो या आत्माहत्या हो ? यकिन हुन सकेको छैन । तर मृत्युभन्दा केही समयअघिको उनको भिडियो रेकर्डले धेरै सन्देश दिएकको छ । सार्वजनिक भइसकेको करिब १० मिनेटको उक्त भिडियोमा पुडासैनीले आर्थिक अभावका कारण के के तनाव झेल्नुपर्यो ? भन्ने कुरा उल्लेख गरेका छन् । अरुको समाचार प्रस्तुत गर्नुपर्ने पत्रकारहरू धमाधम आफँै समाचारको घटना बन्नु र त्यो घटना आर्थिक अभावसँग सम्बन्धित हुनुले पनि छर्लङ्ग पार्छ कि, नेपालमा पत्रकारिताको अवस्था कस्तो छ भनेर ।

केही वर्षअघि वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली पत्रकारितामा सुधार आएको संकेत दिँदै एउटा आर्टिकल लेखेका थिए । उक्त आर्टिकलको शीर्षक थियो–‘ अब त नेपालमा पत्रकारहरूको पनि विवाह हुन थाल्यो ।’ वरिष्ठ पत्रकार नेपालले आर्टिकलमा उल्लेख गरे अनुसार पञ्चायतकालमा केटीहरू पत्रकारितामा आउने कुनै गुन्जायस थिएन, केही उत्साही केटाहरू मात्रै पत्रकारितामा आउँथे तर विवाहका लागि केटी माग्न जाँदा भने अर्के पेसा बताउँथे, धेरैले बेरोजगार छु भन्थे । त्यतिवेला बेरोजगार युवाले बरु विवाहका लागि केटी पाउँथे तर पत्रकारितामा लागेकाहरूले केटी पाउन सम्भव थिएन । मुलुकमा बहुदलीय व्यवस्था आएपछि पत्रकारिता व्यवसायिक भयो । पत्रकारहरूले आफ्नो पेसा सगौरव बताएरै केटी पाउन सक्ने अवस्था बन्यो । केटीहरूसमेत पत्रकार पेसामा प्रवेश गरे ।

यतिवेला मुलुकमा पत्रकारिता पेसा अंगाल्नेहरूको संख्या पुग नपुग १० हजार छ । तीन करोड जनसंख्या भएको मुलुकमा करिब १० हजारले पत्रकारितामा रोजगारी पाउनु भनेको उल्लेख्य पक्ष हो । तर, इमान्दारितापूर्वक पत्रकारिता गर्नेमध्ये अधिकांशको अवस्था जीविकोपार्जन गर्न पुग्ने छैन । माथि उल्लेख गरिएका चारजना पत्रकारहरूको ज्यान मुलुकमा व्यवसासयिक पत्रकारिता सुरु भएपछि नै गुमेको हो । बरु पञ्चायतकालमा पत्रकारहरूले आर्थिक तनावका कारण आत्महत्या गरेका उदाहरण एउटा पनि थिएनन् ।

नेपाली पत्रकारिता व्यवसायिक भइसकेको छैन भन्ने ज्वलन्त प्रमाण हो यो । व्यावसायिक पत्रकारितामा मिडिया हाउस चल्ने तथा पत्रकारहरू पालिने भनेको विज्ञापनले हो । एक आँकडा अनुसार नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको विज्ञापन बजार छ । जसमध्ये आधाभन्दा बढी रकम विज्ञापन एजेन्सी चलाउनेहरूको खल्तीमा जाने गर्छ । त्यसबाहेक केही सरकारी मिडिया तथा एक÷दुईवटा निजी मिडिया हाउसले अधिकांश विज्ञापन होल्ड गर्छन् । बाँकी मिडिया हाउसहरू पत्रकारलाई न्यूनतम पारिश्रमिक दिन सक्ने हैसियतमा छैनन् ।

भरखरै चालू आर्थिक वर्षको पहिलो महिना साउन बितेको छ । यो साउन महिनामा सूचना विभागमा प्रेस पास नवीकरण गर्ने पत्रकारहरूको संख्या ७ सयको हाराहारीमा छ । यी सात सयमध्ये पनि अधिकांश सरकारी मिडियामा काम गर्ने पत्रकार छन् । न्यूनतम पारिश्रमिकको मापदण्ड तत्काल लागु गर्न नपर्ने सूचीमा परेका साना मिडियाका केही पत्रकारहरू यो सूचीमा छन् । ठूला भनिएका निजी मिडियाका पत्रकारहरू प्रेसपास नवीकरण गर्ने मापदण्ड पुगेको छैन ।

सरकारले तय गरेको नयाँ मपदण्डअनुसार मासिक कम्तीमा २५ हजार रुपैयाँ पारिश्रमिक बुझेको प्रमाण सूचना विभागमा पेस गरेपछि मात्रै प्रेस पास नवीकरण हुन्छ । मासिक २५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक बुझेको प्रमाण पेस गर्न नसक्ने पत्रकारहरूको संख्या मुलुकमा ९५ प्रतिशतभन्दा बढी रहेछ भन्ने कुरा सूचना विभागको यो तथ्यांकले पुष्टि गर्छ । यो ध्रुव सत्य कुरा हो कि, २५ हजार रुपैयाँभन्दा कम पारिश्रमिकले जीविकोपार्जन सम्भव छैन, तर नेपालका ९५ प्रतिशत पत्रकारहरूको पारिश्रमिक मासिक २५ हजार रुपैयाँ भन्दा कम रहेको पुष्टि भइसकेको छ । तर, केही दिनअघि आत्महत्या गरेका पत्रकार पुडासैनीले मासिक १८ हजार रुपैयाँ तलब बुझ्ने गरेको तर ऋणको बैंक किस्ता १८ हजार ५ सय रहेको उल्लेख गरेका छन् ।

मोटामोटी सर्वेक्षण गर्ने हो भने नेपालका आधाभन्दा बढी पत्रकारहरूको मासिक पारिश्रमिक १५ हजार रुपैयाँभन्दा कम छ । केही पत्रकारहरू त पारिश्रमिक नलिने बरु विभिन्न व्यवसायीसँग बार्गेनिङ गरी केही रकम मिडिया सञ्चालकलाई बुझाउने धन्दामा संलग्न रहेका घटनाहरू पनि छन् । यतिवेला रवी लामिछानेसँग नाम जोडेर चर्चामा आएका मृतक पत्रकार पुडासैनीले भिडियोमा बोलेको कुरा सत्य हो भने नेपालको पत्रकारिता धेरै ठूलो अपराधको दलदलमा फसेको छ ।

पत्रकारिताका नाममा ब्ल्याक मेलिङ धन्दा फस्टाएको छ । ‘विज्ञापन दिने भए दे नत्र खुइल्याइदिन्छु’ भन्ने खालको पत्रकारिताले आफू आक्रान्त भएको अजय सुमार्गी नाम गरेका एक व्यवसायीले सार्वजनिकरूपमा बताएका थिए । विज्ञापन माग्नु वा विज्ञापनका लागि दबाब दिनुलाई नेपाली पत्रकारितामा अपराध मानिँदैन सायद । तर, सीधै रकम माग्नु त अपराध होइन र ? यति रकम दिने भए दे नत्र तँलाई खुइल्याइदिन्छु भन्नु त सीधै डाँकागर्दी होइन र ?

राजधानी काठमाडौंमा घरको गारो लगाउने मिस्त्रीको ज्याला दैनिक १५ सय अर्थात मासिक ४५ हजार रुपैयाँ छ । बालुवा सिमेन्ट मुछ्ने ज्यामीको दैनिक १ हजार रुपैयाँ अर्थात् मासिक ३० हजार रुपैयाँ छ । तर, पनि उनीहरूको जीवनयापन अलि दुःख पाएको हो कि, जस्तो देखिन्छ । वर्षमा एक÷दुईपटकभन्दा कपडा फेरेको देखिँदैन, खाजा खान पनि धेरै सामान्य भट्टीमा छिरेको देखिन्छ । २५ रुपैयाँ गिलाँसको ठर्रा पिउँछन्, छोरा छोरीलाई शुल्क तिर्न नपर्ने सरकारी स्कुलमा भर्ना गरेका हुन्छन् ।

तर, मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउने अधिकांश पत्रकारहरू राम्रो मोटर साइकलमा चढेको देखिन्छ, महिना महिनामा फेसनअनुसारका कपडा फेरेको देखिन्छ, खाजा तथा कफी खान महंगा रेस्टुरेन्टमा छिरेको देखिन्छ । छोराछोरी महँगा बोर्डिङ स्कुलमा पढाएको देखिन्छ । रेड लेबलभन्दा तलको कुरा नै गर्दैनन् । ब्याल्क मेलिङ पत्रकारिता विना यो कसरी सम्भव छ ? मिडिया हाउस घाटामा जाँदै गर्दा मालिकहरूको सम्पत्ति हरेक वर्ष थपिँदै जानु, न्यूनतम तलब नपाउने पत्रकारहरूको मासिक खर्च एक डेढ लाख हुनुको कारण के होला ?



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३ भाद्र २०७६, मंगलवार १४:२३ मा प्रकाशित

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories