धादिङ बारका पूर्व अध्यक्ष दुर्गा तिवारीको निधन

1425 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१० भदौ – धादिङ जिल्ला अदालत बार एशोसियशनका पुर्व अध्यक्ष अधिवक्ता दुर्गा तिवारीको उपचारको क्रममा सोमबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा निधन भएको छ ।

२०७४ वैशाख १३ गते रातिको २ बजे धादिङबाट काठमाडौं गईरहेको तिवारी बढेको एम्बुलेन्सल थांक्रेगाउँपालिकाको एक्लेफाँट भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । सोही दुर्घटनाको कारण तिवारीको टाउकोमा गम्भीर चोट लागेकोले उनको उपचार भईरहेको थियो । बुबाको स्वास्थ्य उपचारका लागि काठमाडौं गएका दुर्गा आफैं गम्भीर घाइते भएर कोमामा पुगेको ३० महिना पछि सबैलाई छाडेर गएका हुन् ।

धादिङको मैदी स्थायी घर भएका ४८ वर्षीय तिवारी नेपाल बार एसोसिएसन धादिङको पूर्व जिल्ला अध्यक्ष समेत हुन् । दुई छोरी र श्रीमतीलाई काठमाडौं राखेर उनी आफू धादिङबेसीमा रहेर वकालतको काम गर्दै आईरहेका थिए ।

दुर्घटना परेको १६ महिना पछि सामान्य वोलचाल गर्न थालेका तिवारी बोल्दा वोल्दै बेहोस भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा राखेर उपचार भईरहेको थियो । तिवारीको निधन प्रति धादिङ बार एशोसियशनका साथै विभिन्न संघ संस्था, व्यक्तिले हार्दिक समबेदना व्यक्त गरेका छन् । धादिङ न्यूज डट कम परिवार पनि यस दुःखद घडीमा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दै मृत आत्मको चिर शान्तिको कामना गर्दछ ।