भोजबहादुरको पढाईमा कोरिया बस्नेको सहयोग

664 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, साउन १७ – आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न समस्यामा परेका धादिङका भोजबहादुर जर्घामगरलाई कोरियामा बस्ने धादिङका बासिन्दाले सहयोग गरेका छन् ।

कोरिया धादिङ समाजले आफ्ना सदस्यहरुबाट उठाएर उहाँलाई २० हजार रुपैयाँ दिएको हो ।

समाजका सचिव रामशरण भट्टले बिहीबार भोजबहादुरलाई सहयोग रकम प्रदान गर्नुभयो । बाबुको ज्यान गएको र आमाले पनि छाडेर अन्तै गएपछि भोजबहादुर उच्च शिक्षा अध्ययन गर्न आर्थिक समस्यामा परेको खबर उज्यालो अनलाइनमा प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि जुटेको सहयोगबाट उहाँ अहिले काठमाडौ कलङ्कीको एडमार्क कलेजमा कक्षामा ११ मा विज्ञान विषय पढ्दै हुनुहुन्छ ।

बिहीबार कलङ्कीको एडमार्क कलेजमा सहयोग हस्तान्तरण गर्दाको तस्बिर हेर्नुहोस्:

भोजबहादुरको पढाईमा कोरिया बस्नेको सहयोग

भोजबहादुरको पढाईमा कोरिया बस्नेको सहयोग